लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका नेतृत्व टोलीलाई स्वागत

-


     राजेशचन्द्र राजभण्डारी     
     असार २४ गते २०८३ मा प्रकाशित


काठमाडौं, असार २५

अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के, नेपालले नयाँ कार्यकाल २०२६–२०२७ का लागि नेतृत्वदायी भूमिकामा रहेका पदाधिकारी तथा नेतृत्व टोलीलाई औपचारिक स्वागत गरेको छ।

लायन्स इन्टरनेशनलकाे हङकङमा भएको कन्भेन्सनमा भाग लिएर नेपाल फर्किएकाे लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका गभर्नर रमेश अधिकारी सहितको टाेलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर राति ११ बजे भब्य स्वागत गरेको हाे ।

“Leading With Purpose” भन्ने मूल नारासहित डिस्ट्रिक्टले सामाजिक सेवा, मानवीय सहयोग, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा समुदाय विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

डिस्ट्रिक्ट ३२५ के, नेपालका सेकन्ड डिस्ट्रिक गभर्नर हसन कुमार गाेपाली सहितका टाेली विमानस्थल पुगेर नेतृत्वकर्ताहरूलाई स्वागत गर्दै संस्थाले आगामी कार्यकालमा सदस्यता विस्तार, युवा सहभागिता अभिवृद्धि, महिला सशक्तीकरण तथा सेवामूलक परियोजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

लायन्स इन्टरनेशनल विश्वकै ठूलो सामाजिक सेवामूलक संस्थामध्ये एक हो। यसले दृष्टि संरक्षण, मधुमेह नियन्त्रण, भोकमरी न्यूनीकरण, बाल क्यान्सर सहायता, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ।

डिस्ट्रिक्ट ३२५ के, नेपालले पनि देशभर रहेका विभिन्न क्लबमार्फत समुदायको आवश्यकता अनुसार सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ। नयाँ नेतृत्वको आगमनसँगै सेवाका गतिविधिलाई अझ व्यापक, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ।

लायन्स डिस्ट्रिक ३२५ के नेपाल यसपटक सबैभन्दा धेरै क्लब खाेल्ने बिश्व कै नम्बर १ डिस्ट्रिक बन्न सफल भएको छ ।लायन्स इन्टरनेशनलले दिएको भन्दा बढी क्लब दिने डिस्ट्रिक भएको हुनाले पनि यसको चर्चा छ ।