
बागलुङ । असार २६
टिका-धन क्रियाशील पत्रकारिता पुरस्कार–२०८३ बाट यस वर्ष नेपाल टेलिभिजनका पत्रकार किरण आचार्य पुरस्कृत भएका छन्।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १४औँ साधारणसभा तथा २६औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा आचार्यलाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा तथा शाखाका सचिव नारायण रिजालले आचार्यलाई सम्मानपत्र, दोसल्ला तथा नगद रु १० हजार सहित पुरस्कार प्रदान गरेका थिए ।
पत्रकारकाे काम सत्य तथ्य कुरा बाहिर ल्याउने सरकारले गरेको गलत क्रियाकलाप लाई सिंहदरबार बाहिर ल्याएर जनतालाई सुसूचित गर्ने भुमिका निभाउनु पर्ने नेपाल पत्रकार महासंघका बरिस्ठ उपाध्यक्ष दीपक आचार्यले बताए ।
जहाँ जहाँ राम्रो काम भएको छ त्यहाँ पनि पत्रकारको ध्यान जानुपर्ने जहाँ नराम्रो कमजोर काम भएको छ त्यहा पनि दृष्टि पुर्याउन सकेमात्र पत्रकारिता धर्म पूरा हुने जिल्ला समन्वय समितिका अध्यक्ष अमर थापाले बताए ।
पुरस्कारका संरक्षक मित्रलाल खरेलले यो पुरस्कार स्थापना गरेका हुन् ।
पुरस्कारबाट सम्मानित आचार्य २५ वर्षदेखि पत्रकारितामा पेशामा कार्यरत छन्। टीका धन खाेज पत्रकारिता पुरस्कार बाट यसअघि एभिन्युजका पत्रकार राजेशचन्द्र राजभण्डारी र ढाेरपाटन दैनिकका पत्रकार रामकृष्ण बाेहाेरा पुरस्कृत भइसकेका छन् ।











