समाचार

निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री खरेल

काठमाडौँ, ४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन राष्ट्रिय समाचार समिति (रासस) लगायतका सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। राससमा अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई आइतबार सामाजिक सुरक्षा कोषमा आबद्धतासम्बन्धी परिचयपत्र वितरण गर्दै मन्त्री खरेलले जिम्मेवार, जवाफदेही र व्यावसायिक सञ्चारमाध्यमका रूपमा राससले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो। मन्त्री खरेलले भन्नुभयो, “फागुन २१ मा निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनुपर्नेछ। मतदाता, राजनीतिक दल तथा सरोकारवालामा सचेतना पु¥याउनुपर्ने अवस्थामा सञ्चारमाध्यमको गहन… पुरा पढौ

एमालेबाट बागलुङमा हिरा केसी र मञ्जु शर्मा उम्मेदवार

बागलुङ । नेकपा एमालेले बागलुङ जिल्लाका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ। पार्टीको शनिबार सम्पन्न सचिवालय बैठकले क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष हिरा बहादुर केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। त्यस्तै, क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य मञ्जु चालिसेलाई उम्मेदवार चयन गरिएको छ। समितिले चालिसेको मात्र नाम सिफारिस गरेको थियो। पुरा पढौ

चलचित्र ‘शिवांश’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘शिवांश’को गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।  ‘बैंश भुसुक्कै’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको छ। गीतमा राजनराज शिवाकोटी र सरोज रञ्जितकारको शब्द तथा राजनराज स्वयंको संगीत रहेको छ।  लोकलयमा आधारित प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग गरिएको छ। गाउँबेसीमा प्रचलित मिठासपूर्ण शब्द र लयले गीतलाई आकर्षक बनाएको छ।  गीतमा प्रेमी–प्रेमिकाले एकअर्कालाई गरेको तारिफ प्रस्तुत गरिएको छ। भाग्य, मायामोह, प्रेम र आकर्षणजस्ता भावनाहरू गीतमा समेटिएका छन्। गीतको… पुरा पढौ

बागलुङ उद्योग बाणिज्य संघबाट गण्डकी प्रदेश अध्यक्षमा कडेल जिल्ला नगर तर्फ पाैडेल र केन्द्रमा राजभण्डारीलाइ उमेदवार

बागलुङ, माघ ३ नेपाल उद्योग वाणिज्य महासंघ केन्द्र र उद्योग बाणिज्य संघ गण्डकी प्रदेशमा तीन जनालाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ। शनिवार सम्पन्न बैठकले आसन्न ९ आ‌ै नेपाल उद्योग बाणिज्य संघ गण्डकी प्रदेशमा संस्थाका निवर्तमान अध्यक्ष नरेश कडेललाई महासंघ प्रदेश अध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरेको छ। संघका अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै, गण्डकी प्रदेश कार्यसमिति सदस्य दयाराम पौडेललाई जिल्ला नगरतर्फबाट सदस्य पदमा उम्मेदवार बनाउने निर्णय गरिएको छ। साथै, पूर्व अध्यक्ष तथा… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघको ६२औं साधारण सभा फागुन २० गते

बागलुङ, माघ ३ बागलुङ उद्योग वाणिज्य संघको ६२औं साधारण सभा तथा स्थापना दिवस आगामी फागुन २० गते आयोजना गर्ने निर्णय गरिएको छ। संघका अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले नेपाल उद्योग वाणिज्य महासंघ केन्द्र र गण्डकी प्रदेशमा तीन जनालाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ। शनिवार सम्पन्न बैठकले आसन्न ९औं प्रदेश सभामा संस्थाका निवर्तमान अध्यक्ष नरेश कडेललाई महासंघ प्रदेश अध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरेको छ। त्यस्तै, गण्डकी प्रदेश कार्यसमिति सदस्य दयाराम पौडेललाई जिल्ला… पुरा पढौ

बागलुङको जैमिनी महाेत्सवमा भलिबल प्रतियोगिता सम्पन्न

बागलुङको जैमिनी नगरपालिका–१, कुस्मि सेरामा जारी जैमिनी महोत्सवको पाँच दिन शुक्रबार भलिबल प्रतियोगिता तथा गीत–संगीत कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा कलाकार राजेश बर्देवा र शान्त रानी परियार वसन्त बास्तोला प्रस्तुति दिएका थिए । साथै लाइभ दोहोरी पनि आयोजना गरिएको थियो। कार्यक्रममा कलाकार लाेक दोहोरी गायिका समीक्षा अधिकारी मिठो प्रस्तुति, कृष्ण अखेलीको विशेष कार्यक्रम, सोहो डान्स तथा लाइभ दोहोरी समेत हुने साहारा क्लबले जनाएको छ। पुरा पढौ

पूर्वकर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेस्रो वार्षिक साधारण सभा

काठमाडौं ।माघ २ पूर्वकर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेस्रो वार्षिक साधारण सभा राजधानीमा शुक्रबार सम्पन्न भएको छ । कर्मचारी बदमाश छन् घुस खालान तर तिनिहरू संग देश र समाजको लागि चाहिने ज्ञान छ खारिएकाे दिमाग छ त्यसलाई उपयाेग गर्नुपर्ने लाेक सेवा आयोगका पुर्व अध्यक्ष उमेश मैनालीले बताउनुभयो । अरू देशमा कर्मचारीकाे ज्ञान र अनुभव लाई लिने गरेको मात्र छैन कर्मचारी बाटै मन्त्री बनाउने गरेको उदाहरण भएको उहाँको भनाई थियो । आफ्नो हकहितको लागि कर्मचारी संगठन आवश्यक पर्ने महशुस गरेर सुखदुःखकाे साथी… पुरा पढौ

चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा आयोजना गरिएको कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो। उक्त ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ।  ट्रेलरमा एकअर्कासँगको सामीप्यता, प्रेम, धोका र बदला देख्न सकिन्छ। सुरुमा प्रेम र रोमान्स देखिए पनि त्यसपछि धोका र बदलाको कथा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। प्रेम नपाउँदाको तनाव र त्यसले सिर्जना गर्ने घटनाक्रमलाई पनि ट्रेलरले समेटेको छ।  चलचित्रको सम्पूर्ण कथा भने अझै खुलाइएको छैन। सस्पेन्स सिर्जना गर्न ट्रेलर सफल… पुरा पढौ

दुर्गेश थापा र सिमरन परियार दक्षिण कोरिया जाँदै

तनहुँ समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनाल २०२६ को अवसरमा आयोजना गर्न लागेको ‘सेती–मादी सांगीतिक सौगात भाग–२’ कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको प्रस्तुति हुने भएको छ। कार्यक्रममा बहुचर्चित गायक दुर्गेश थापा (‘दुश्मन हेरेको हेर्यै’) र लोकप्रिय गायिका सिमरन परियार (‘पानी परेको तिम्रो याद आयो’, ‘बेसी झरेको’) विशेष आकर्षण रहनेछन्। साथै The Voice of Nepal बाट उदाएका प्रतिभाशाली गायक प्रदीप राई र उदयमान गायिका योजना राई पनि प्रस्तुत हुनेछन्। आयोजकले “आपसी सहयोग, सद्भाव र एकता, हामी प्रवासीको आवश्यकता” भन्ने नारासहित कार्यक्रमलाई… पुरा पढौ

सहकारी ठगीका नाइके लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक : जेन्जी मुभमेन्ट

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका मुख्य नाइके रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ। महान्यायाधिवक्ताबाट शक्तिको दुरुपयोग गरी १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाई डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरिएको घटनापछि आफूहरूले तत्काल बर्खास्तीको माग गरेको मुभमेन्टले जनाएको छ। मुभमेन्टका अनुसार सुशासन र कानुनी राज्य स्थापनाका लागि भएको जेन्जी विद्रोहका क्रममा ७६ जना नागरिकले जीवन बलिदान दिएका थिए भने ३,००० भन्दा बढी नागरिक अङ्गभङ्ग भएका थिए। ती ऐतिहासिक बलिदानमाथि अपराधी… पुरा पढौ