जापान सांगीतिक यात्रामा सीता परियार र सम्झना लामिछाने मगर

-


     हिडन खबर    
     भाद्र २५ गते २०८३ मा प्रकाशित


पोखरा । गायिका तथा कलाकार सीता परियार र सम्झना लामिछाने मगर जापानमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन नेपालबाट चीन हुँदै जापान प्रस्थान गर्नुभएको छ।

उहाँहरूको सफल, सुरक्षित र उपलब्धिमूलक यात्राको कामना गर्दै शुभेच्छुकहरूले हार्दिक शुभकामना व्यक्त गरेका छन्। यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष हेमराज शर्मा आफ्नो कर्मथलो बेलायत फर्किने क्रममा उहाँलाई पनि सफल र सुरक्षित यात्राको शुभकामना दिइएको छ।

सांगीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको यात्रालाई प्रेरणा र प्रोत्साहन प्रदान गरेको भन्दै बिहुँकोट समाज जापान परिवारप्रति विशेष आभार व्यक्त गरिएको छ। संस्थागत रूपमा प्राप्त साथ, सहयोग र सम्मानले कलाकार तथा सामाजिक व्यक्तित्वहरूलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

सीता परियार र सम्झना लामिछाने मगरको जापान सांगीतिक यात्रा नेपाली कला, संस्कृति तथा संगीतको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। उहाँहरूको यात्रा सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दै बिहुँकोट समाज जापान तथा समाजका प्रतिनिधि बेदप्रसाद कँडेल लगायत सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।