प्रकोपपीडितको राहतका लागि लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकीद्वारा १ लाख १५ हजारभन्दा बढी सहयोग

-


     हिडन खबर    
     भाद्र २३ गते २०८३ मा प्रकाशित


पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिले प्राकृतिक प्रकोपबाट प्रभावित कलाकार तथा नागरिकहरूको राहतका लागि १ लाख १५ हजार ७ सय १७ रुपैयाँ सहयोग रकम संकलन गरी केन्द्रीय समितिको खातामा जम्मा गरेको छ।

मानवीय सहायता अभियानअन्तर्गत प्राकृतिक विपत्तिबाट प्रभावित कलाकारसहित अन्य नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम संकलन गरिएको समितिले जनाएको छ।

समितिले प्राकृतिक विपत्तिको कठिन परिस्थितिमा पीडितहरूको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै सहयोग अभियानमा साथ दिने सम्पूर्ण सहयोगदाता, शुभेच्छुक तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको छ।

साथै, प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। प्रतिष्ठानले विपद्को यस कठिन घडीमा सबैलाई मानवीय सहयोगमा एकजुट हुन समेत आग्रह गरेको छ।