
बागलुङ, भदौ २४ । नेपाल प्रेस युनियन बागलुङ शाखाको अध्यक्षमा पत्रकार सुवास आचार्य सर्वसम्मत चयन हुनुभएको छ।
नेपाल प्रेस युनियन बागलुङ शाखाको २६औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा उषा पौडेल र छविलाल पाण्डेय, सचिवमा डम्मर बुढामगर, सह–सचिवमा नवराज नेपाली तथा कोषाध्यक्षमा जेनिसा नायर चयन हुनुभएको छ। सदस्यमा राजु शर्मा, कुशल कँडेल, सुरेश छन्त्याल, तिलक मल्ल र भूमा तरामी मगर चयन हुनुभएको छ।
त्यस्तै, संघीय महाधिवेशन प्रतिनिधिमा जगन्नाथ आचार्य, ज्ञानेन्द्र गौतम, श्रीधर कँडेल, नरेश कँडेल, नारायण रिजाल, संगम घर्तीमगर, सुवासराज पन्त, कृष्ण आचार्य, शकुन्तला शर्मा र अनिता पन्त चयन हुनुभएको छ।
प्रदेश महाधिवेशन प्रतिनिधिमा प्रकाश बराल, धनराज सापकोटा, नारायण पौडेल, गणेश नेपाली, त्रिलोचन रिजाल, मञ्जुल शाक्य, सुमन जिसी, राजेन्द्र ढकाल, सङ्गीता शर्मा, सुषिला शर्मा पन्त र गंगा शर्मा चयन हुनुभएको छ।
अधिवेशनले प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता र पत्रकारहरूको हकहित संरक्षणका विषयमा समेत छलफल गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।










