
बागलुङ भदौ २५
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा आ.व २०८२/८३ मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरिय वार्षिक समिक्षा बागलुङ सदरमुकाममा सम्पन्न गरिएको छ।

बागलुङ जिल्लाका दश स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख एवम प्रतिनिधि, जिल्ला स्तरमा स्वास्थ्य सँग सरोकार राख्ने कृषि, भेटेरिनरि, खाद्य स्वच्छता, आयुर्वेद अस्पताल एवम प्रदेश स्तरिय अस्पतालको प्रस्तुतीकरण एवम समुह कार्यमाझ उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख जनस्वास्थ्य प्रशासक श्री प्रविण शर्माको अध्यक्षता एवम जिल्ला समन्वय समिति बागलुङका प्रमुख श्री अमर बहादुर थापाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रादेशिक स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक श्री खिम बदादुर खड्का,गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयमा कार्यरत जनस्वास्थ्य प्रशासक डा.रमेश केसि तथा वरिश्ठ स्वास्थ्य शिक्षा अधिकृत श्री प्रशान्त शर्मा उपस्थित भइ महत्वपूर्ण मार्गदर्शन गर्नुभएको थियो।
















