
काठमाडौं, भदौ २५ ।लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर लायन रमेश अधिकारीले लायन्स वर्ष २०२६/२७ को अगस्ट महिनामा उत्कृष्ट नेतृत्व, सक्रियता तथा उल्लेखनीय सामाजिक गतिविधि प्रदर्शन गर्ने ३४ जना लायन्स लिडरलाई सम्मानित गर्ने घोषणा गर्नुभएको छ।

सम्मानित हुनेहरूमा पिआरओ इन चिफ सुरेन्द्र बाबु श्रेष्ठ, चिफ एडमिनिस्ट्रेटर मुना थापा, दुर्गा कुँवर, राजनप्रसाद काप्री, शक्ति श्रेष्ठ, रितु पौडेल, रुद्रनाथ देवकोटा, मोहन श्रेष्ठ, विष्णुप्रसाद चापागाईं, अमरराज सुवेदी, भीमप्रसाद सुवेदी, ध्रुवप्रसाद घिमिरे, दीपेन्द्र केसी, थानेश्वर पौडेल, अनुप मास्के, कृष्णप्रसाद भट्ट, निर्मल अधिकारी, गणेश महतो, पम्फा गिरि, मुक्तिनाथ सापकोटा, खुमनाथ अधिकारी, राजु गुरुङ, चेतबहादुर रोका, बिलमान शाक्य, अर्जुन न्यौपाने, सन्ध्या राजभण्डारी, हेमेन्द्र घर्ती मगर, अशोक कार्की, अमित बज्राचार्य, रिकजन शेर्पा, सञ्जयकुमार कुसवा, प्रकाश श्रेष्ठ, शरण पाण्डे र रूपेन्द्रप्रसाद सत्याल रहनुभएको छ।

गभर्नर अधिकारीले छनोट भई सम्मानित हुनुभएका सबै लायन्स लिडरलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

डिस्ट्रिक्ट ३२५ के नेपालले अगस्ट महिनाका लागि ‘लिडिङ विथ पावर’, ‘लायन अफ द मन्थ’, ‘लायन्स ब्रान्डिङ’, ‘बेस्ट क्याबिनेट अफिसर’, ‘बेस्ट क्लस्टर चिफ’, ‘बेस्ट रिजन चेयरपर्सन’, ‘बेस्ट जोन चेयरपर्सन’, ‘बेस्ट क्लब प्रेसिडेन्ट’, ‘बेस्ट क्लब’, ‘बेस्ट क्लब सेक्रेटरी’ तथा ‘बेस्ट क्लब ट्रेजरर’ लगायत विभिन्न विधामा उत्कृष्टता मूल्याङ्कन गरी सम्मान प्रदान गरेको जनाएको छ।

गभर्नर अधिकारीका अनुसार लायन्स लिडरहरूले समाजसेवा, नेतृत्व विकास तथा मानवीय सेवामा पुर्याएको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना विभिन्न विधामा उत्कृष्ट व्यक्तित्व र क्लबहरूलाई सम्मान गरिनेछ। यसका लागि वार्षिक सम्मान क्यालेन्डरसमेत तयार गरिएको उहाँले जानकारी दिनुभयो।





































