बागलुङ, साउन २९ हालको शिक्षण प्रणाली व्यवहारिकभन्दा सैद्धान्तिकमै केन्द्रित रहेको गुनासो भइरहेका बेला बागलुङको एक निजी विद्यालयले सामाजिक विषयलाई व्यवहारिक रूपमा सिकाउने अभ्यास थालेको छ। बागलुङ नगरपालिका–१, रामरेखास्थित चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूले सामाजिक शिक्षाको ‘भूकम्प’ सम्बन्धी पाठलाई व्यवहारिक रूपमा प्रस्तुत गर्दै उदाहरणीय कार्यको सुरुवात गरेका छन्। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज श्रेष्ठले सामाजिक विषय बहुआयामिक भएको उल्लेख गर्दै, “सामाजिक विषयहरू केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक रूपमा प्रस्तुत गर्नु आवश्यक छ,” भन्नुभयो। उहाँले विद्यार्थी स्वयं सक्रिय भएर प्रस्तुत गरेको…
पुरा पढौ