परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र संयुक्त राज्य अमेरिकाबीच विश्वासमा आधारित, दिगो तथा ऐतिहासिक सम्बन्ध रहिआएको स्पष्ट गर्नुभएको छ। आज यहाँ आयोजित एक समारोहमा अमेरिकी सरकारले नेपाली सेनालाई उपलब्ध गराएको दुईवटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्दै मन्त्री डा. राणाले उक्त सहयोग नेपाल–अमेरिका मित्रता र सहकार्यको प्रतीक भएको बताउनुभयो। उहाँले अमेरिकालाई नेपालको प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण, मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासका क्षेत्रमा एक भरपर्दो विकास साझेदारको रूपमा वर्णन गर्नुभयो। नेपाल र अमेरिकाबीचको मित्रता सधैं शान्ति, स्थायित्व…
पुरा पढौ