समाचार

हिमालयन लाइफ इन्स्योरेन्सको १७औँ वार्षिकोत्सवमा मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग

बागलुङ, २४ जेठ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सामग्री वितरण गरेको छ। गण्डकी प्रदेशअन्तर्गत कम्पनीको उप–प्रादेशिक कार्यालय बागलुङका प्रमुख बलराम गौतमको नेतृत्वमा बागलुङ, कुश्मा र बेनी शाखा प्रमुखहरूको सहभागितामा उक्त सामग्री वितरण गरिएको हो। मानव सेवा आश्रम बागलुङमा आयोजित कार्यक्रममा संस्थाका बिपना तामाङलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै उप–प्रदेश प्रमुख गौतमले वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले आश्रममा सहयोग पुर्‍याएको जानकारी दिनुभयो। “हाम्रो संस्था जीवन बीमा… पुरा पढौ

परराष्ट्रमन्त्री डा. आरजु राणाको आग्रहः जनताको खाँचोअनुसारको सेवामा संवेदनशील बन्नुहोस्

धनगढी, २४ जेठ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जनताको आवश्यकता र प्रत्यक्ष खाँचोसँग जोडिएका सेवा क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरू संवेदनशील र जिम्मेवार बन्नुपर्ने आग्रह गर्नुभएको छ। शुक्रबार धनगढीमा राहदानी विभागद्वारा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहदानी सेवामा कार्यरत कर्मचारीहरूसँग उक्त आग्रह गर्नुभएको हो। उहाँले भन्नुभयो, “राहदानी अब कुनै विलासिताको वस्तु नभएर नागरिकको आधारभूत अधिकार बनेको छ। त्यसैले सेवा दिने ‘फ्रन्ट डेस्क’मा बस्ने तपाईंहरू सबैभन्दा जिम्मेवार हुनुहुन्छ। जनताको खाँचोलाई गम्भीरताका साथ बुझेर… पुरा पढौ

कोटीहोममा भोलि २१ करोड दीप प्रज्वलन हुँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ अन्तर्गत शनिबार २१ करोड दीप प्रज्वलन गरिने भएको छ। आयोजकका अनुसार यति ठूलो संख्यामा दीप प्रज्वलन सम्भवतः हालसम्म देश–विदेशमा कहीँ पनि भएको छैन। मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आ–आफ्नो घरबाट ज्योति लिएर दीप प्रज्वलनमा सहभागी हुन भक्तजनहरूलाई आग्रह गरेका छन्। उनका अनुसार शनिबार बिहान १० बजे ‘ज्योति भिजाउने’ कार्य सम्पन्न गरी साँझ ६ बजे दीप प्रज्वलन गरिनेछ। शनिबार निर्जला एकादशी समेत परेकाले फूलको होलीसमेत खेलिने कार्यक्रम रहेको… पुरा पढौ

नेपाल भूतपूर्व सैनिक संघको स्थापना दिवसमा फलफूल वितरण

हिड्नखबर डट कम बागलुङ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघको ३५औं स्थापना दिवसको अवसरमा फलफूल वितरण गरिएको छ। शुक्रबार संघको स्थापना दिवस पारेर धौलागिरि प्रादेशिक अस्पताल, बागलुङमा उपचाररत विरामीहरूलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको हो। कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले नेपाली काँग्रेसको सबैभन्दा सक्रिय र व्यवस्थित भातृ संस्थाका रूपमा नेपाल भूतपूर्व सैनिक संघलाई उल्लेख गरे।"नेपाली काँग्रेसका धेरै भातृ संस्थाहरू प्रभावकारी रूपमा सञ्चालनमा छैनन्, तदर्थ समितिहरूको भरमा छन्," उनले भने, "तर नेपाल भूतपूर्व सैनिक संघ… पुरा पढौ

बागलुङमा किशोर–किशोरीमैत्री सूचना केन्द्र स्थापना

हिड्नखबर डट्कमबागलुङ, जेठ २३ सूचना कक्षको संस्थागत विकास तथा प्रभावकारी उपयोगका लागि किशोर–किशोरीमैत्री सूचना केन्द्र बागलुङमा स्थापना गरिएको छ। गण्डकी प्रदेशमै पहिलो पटक यस्तो केन्द्र बागलुङको कालिका कन्या माध्यमिक विद्यालयमा स्थापना गरिएको हो। बागलुङ नगरपालिका र बियोण्ड बेइजिङ कमिटी (BBC) नेपालको सहकार्य तथा समन्वयमा स्थापना गरिएको केन्द्रमार्फत किशोर–किशोरीलाई लक्षित सूचना, शिक्षा र परामर्श सेवा प्रवर्द्धन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीले जानकारी दिनुभयो। बागलुङ नगरपालिका–३ का वडाध्यक्ष सनी कुमार केसीले बालबालिकाको चेतना अभिवृद्धि र व्यवहार परिवर्तनमा सूचना केन्द्रले महत्वपूर्ण… पुरा पढौ

बागलुङमा नौ महिने सैन्य आधार तालिम सम्पन्न, १०५ जना दीक्षित

बागलुङ, जेठ २३ नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा, बागलुङ उपल्लाचौरमा सञ्चालित सी.सं. १७ सैन्य आधार तालिम सम्पन्न भएको छ। गत साउनदेखि सञ्चालन गरिएको उक्त तालिम नौ महिनापछि समापन गरिएको हो। तालिम समापन समारोहका अवसरमा अन्तिम ‘दलेल कवाज’ प्रदर्शनीसहित १०५ जना प्रशिक्षार्थी सिपाहीलाई औपचारिक रूपमा दीक्षित गरिएको हो। समारोहमा सम्बोधन गर्दै वाहिनीपति सहायक रथी अर्जुन खड्काले नेपाली सेनाको मूल्य, मान्यता र परम्पराको पालना गर्दै राष्ट्र, जनता र संस्थाप्रति समर्पित रहन निर्देशन दिनुभयो। उहाँले राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय… पुरा पढौ

एभिन्युज एजेन्डा: बजेट र प्रभाव” विषयक कार्यक्रम सम्पन्न एभिन्युज खबर आजदेखी एचडिमा

काठमाडौं, जेठ २३ – समसामयिक आर्थिक विषयमा केन्द्रित गर्दै एभिन्युज खबर टेलिभिजनले आयोजना गरेको विशेष कार्यक्रम "एभिन्युज एजेन्डा: बजेट र प्रभाव" शुक्रबार काठमाडौंको होटल र्‍याडिसनमा सम्पन्न भएको छ। कार्यक्रममा अर्थमन्त्री, पूर्व मन्त्री, सांसद, अर्थविद् र उद्योग क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले हालको आर्थिक अवस्था, बजेटले उत्पन्न पारेका दबाबहरू, सम्भावित सुधारका उपायहरू तथा आर्थिक वृद्धिको सम्भाव्यतामाथि गहन विचार राखेका थिए। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, संघीय संसद अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसे, पूर्व मन्त्री सुरेन्द्र… पुरा पढौ

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद स्वतः निलम्बित

हिड्न खबर डट कम काठमाडौं। पतञ्जली आयुर्वेद लिमिटेडलाई सरकारी जग्गा सस्तो मूल्यमा दिने निर्णयसम्बन्धी प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै पूर्वप्रधानमन्त्री नेपालको संघीय सांसद पद पनि स्वतः निलम्बित भएको छ। नेपालको इतिहासमा यो पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो। साथै, मन्त्रिपरिषद्को निर्णयका आधारमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको पनि यो पहिलोपटक हो। यस घटनाले नेपालको राजनीतिक र न्यायिक इतिहासमा नयाँ मोड ल्याएको विश्लेषण गरिँदैछ।… पुरा पढौ

अभिमन्यु : च्याप्टर–१’ काे काउन्टडाउन सुरु, पोस्टर सार्वजनिक

हिड्न खबर डट कम काठमाडौं। बहुप्रतीक्षित नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले पोस्टर सार्वजनिक गर्दै रिलिजको काउन्टडाउन सुरु गरेको छ। निर्माण टिमले आज चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै ९९ दिनपछि सिनेमा रिलिज हुने जानकारी दिएको हो। चलचित्र आगामी भदौ २७ गते देशभर रिलिज हुने तयारीमा छ। पोस्टरमा तराईको जीवनशैली सार्वजनिक पोस्टरले चलचित्रको पृष्ठभूमि तराई क्षेत्र रहेको संकेत गर्दछ। पोस्टरमा धानबारीको फाँट र केराको बगान देखिएको छ। त्यही दृश्यमा एक युवकले सरकारी विद्यालयको पोसाकमा रहेकी सानी नानीलाई कापी–किताब च्यापेर स्कुलतर्फ लैजाँदै… पुरा पढौ

लायन राजन लम्साल: अन्तर्राष्ट्रिय निर्देशक पदका लागि सशक्त उम्मेदवार

हिड्न खबर डट कम काठमाडौं। लायन्स क्लबका पूर्व डिष्ट्रिक्ट गभर्नर तथा सामाजिक अभियन्ता लायन राजन लम्सालले लायन्स क्लब इन्टरनेशनलको अन्तर्राष्ट्रिय निर्देशक (International Director) पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। नेपालमा लायनिज्मको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएका लम्सालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न संकल्प व्यक्त गरेका छन्। शैक्षिक र पेशागत पृष्ठभूमि स्याङ्जा जिल्लामा वि.सं. २०२६ मा जन्मिएका लम्सालले प्रारम्भिक शिक्षा जनप्रिय माध्यमिक विद्यालयबाट प्राप्त गरे। त्यसपछि बुटवलमा कक्षा ८ मा भर्ना भई सन् १९८६ (वि.सं. २०४३) मा प्रवेशिका परीक्षा… पुरा पढौ