
बागलुङ माघ २६
गुठी संस्थान प्रधान कार्यालयका अध्यक्ष श्री रमेश पोखरेललाई कालिका भगवती गुठी व्यवस्थापन समितिले औपचारिक कार्यक्रमका बीच स्वागत कालिका भगवती मन्दिर मायाको चिनाे स्वरूप प्रदान गरिएको थियोे ।
कालीका भगवती मन्दिरको दर्शनको लागि बागलुङ आउनुभएका गुठी संस्थानका अध्यक्ष पाेखरेललाई मन्दिर परिसरमा स्वागत गरिएको थियोे ।
स्वागत कार्यक्रममा कालिका भगवती गुठी व्यवस्थापन समितिका सचिव सचिन खड्का लगायतका पदाधिकारी, सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो। समितिले आगामी दिनमा गुठी व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ।













