बजारमा अण्डाको मूल्य घट्यो

-


     हिडन खबर    
     माघ २७ गते २०८२ मा प्रकाशित


नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि अण्डाको समर्थन मूल्य घटाउने निर्णय गरेको छ। नयाँ मूल्यअनुसार ठूलो अण्डा (३० वटा प्रति क्रेट) को मूल्य ३७५ रुपैयाँ र मझौला अण्डाको मूल्य ३३५ रुपैयाँ तोकिएको छ।

संघका अनुसार देशभित्र अण्डा उत्पादन बढ्नुका साथै भारतबाट ठूलो परिमाणमा आयात भइरहेकाले बजारमा आपूर्ति बढ्दा मूल्य घटेको हो।

केही महिनाअघि अण्डाको मूल्य उच्च रहेको थियो। मंसिर महिनामा ठूलो अण्डा प्रति क्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा बिक्री हुँदै आएको थियो। त्यसपछि क्रमिक रूपमा मूल्य घट्दै माघ ११ गते ठूलो अण्डा ४९५ रुपैयाँ र माघ २२ गते ४३५ रुपैयाँमा झरेको थियो।

यसअघि माघ ११ गते ठूलो अण्डाको एक क्रेटको फार्म मूल्य ३० रुपैयाँले बढाएर ४९५ रुपैयाँ कायम गरिएको थियो भने मझौला अण्डाको मूल्य ४७५ रुपैयाँ तोकिएको थियो।