समाचार

भाग्यको कारुणिक कथा: पुर्णकला विसी र ईश्वर सिंहको आवाजमा नयाँ गीत सार्वजनिक

बागलुङ जीवनमा मेहनत गर्नेहरू नै भाग्यशाली बन्छन्, भाग्य पर्खेर बस्नेहरू पछि पर्छन्। कर्म नगर्नेहरू भाग्यलाई दोष दिन्छन्, तर बुद्धिमानहरू आफ्नो भाग्य आफैं निर्माण गर्छन्। यस्तै भावनात्मक सन्देश बोकेको गीत ‘भाग्य’ हालै सार्वजनिक गरिएको छ। संसारको सबैभन्दा अमूल्य चीजभन्दा पनि ठूलो ठानिएको प्रिय व्यक्तिको टाढापनलाई भाग्यको दोष दिइएको कारुणिक कथालाई गीतमार्फत प्रस्तुत गरिएको छ। माया र प्रेमको गहिरो अन्तरभावलाई टपक्क टिपेर सर्जक नारायण कँडेलले शब्द कोरेका छन् भने सर्जक रमेश परियारले संगीत भरेका छन्। गीतमा गायक ईश्वर सिंह र गायिका पुर्णकला… पुरा पढौ

राजभण्डारी परिवारद्वारा मानवसेवा आश्रमलाई एक कोठा निर्माणका लागि सहयोग

बागलुङ — मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि सहयोग जुटाउने क्रम निरन्तर जारी छ। महायज्ञ सुरु हुन तीन दिन बाँकी रहँदा पनि दाताहरूले उत्साहपूर्वक सहयोग घोषणा गरिरहेका छन्। यसै क्रममा बागलुङ नगरपालिका–३ निवासी स्वर्गीय लालबहादुर राजभण्डारी र महालक्ष्मी राजभण्डारीको स्मृतिमा उनका छोराहरू रामचन्द्र, सुवासचन्द्र, सुरेशचन्द्र र प्रकाशचन्द्र राजभण्डारीले आश्रमको निर्माणाधीन भवनका लागि एक कोठा निर्माणार्थ रु ५,११,१११ सहयोग गर्ने घोषणा गर्नुभएको छ। स्वर्गीय अभिभावकको चीरशान्तिको कामना गर्दै गरिएको यस सहयोगपछि आश्रमको भवन निर्माण अभियान थप उत्साहजनक बनेको आश्रमले जनाएको… पुरा पढौ

मानवसेवा आश्रम बागलुङका लागि समाजसेवी मानसिंह छन्त्यालद्वारा रु. १ लाख ५ हजार ५ सय ५५ सहयोग

गलकोट नगरपालिका–१०, पाण्डबखानीका विकासप्रेमी, शिक्षाप्रेमी तथा वरिष्ठ समाजसेवी मानसिंह छन्त्यालले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ रु. १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ। मानवता, सेवा र सहयोगको भावनालाई आत्मसात् गर्दै उहाँले प्रदान गर्नुभएको उक्त सहयोग रकम श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०७८ (मिति कार्तिक २१ गतेदेखि २८ गतेसम्म) का लागि संकलन भइरहेको कोषमा जोडिनेछ। उक्त महायज्ञ मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण, अक्षयकोष वृद्धी तथा “सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल” निर्माण गर्ने अभियानलाई अझ सशक्त… पुरा पढौ

देउराली चोक आमा समूहबाट मानवसेवा आश्रमलाई आर्थिक सहयोग

बागलुङ नगरपालिका अन्तर्गत देउराली चोक आमा समूहले मानवसेवा आश्रम बागलुङलाई भवन निर्माणका लागि नगद रु १,००,५५५ सहयोग गरेको छ। २०८२ सालको तिहारमा देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट उक्त सहयोग गरिएको समूहकी कोषाध्यक्ष रुपा थापाले जानकारी दिइन्। समूहकी अध्यक्ष सरीता थापामगर, उपाध्यक्ष गौरी रोकामगर, सचिव खगीसरा थापामगर, सहसचिव हरिकला थापामगर, कोषाध्यक्ष रुपा थापामगर लगायत सदस्यहरूले उक्त रकम आश्रमकी अभिभावक लक्ष्मी बास्कोटा र सञ्चालिका विपना तामाङलाई हस्तान्तरण गरेका थिए। सहयोग ग्रहण गर्दै अभिभावक बास्कोटाले मानवताको स्मारक निर्माणका लागि महायज्ञको आयोजना गरिएको बताउँदै… पुरा पढौ

मानव सेवा आश्रम निर्माणका लागि उज्वल खड्काबाट पाँच लाख रुपैयाँ सहयोग

२०८२ कार्तिक १५, शनिबार — बागलुङ मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि समाजसेवी उज्वल खड्काले रु. ५ लाख ११ हजार १११ सहयोग गरेका छन्। आश्रम निर्माणका लागि आगामी कात्तिक २१ देखि २८ गतेसम्म आयोजना हुने श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै सहयोग संकलनको क्रम तीव्र बन्दै गएको छ। बागलुङ नगरपालिका–३ गुठी घर निवासी तथा हाल अमेरिका बसोबास गर्दै आएका समाजसेवी उज्वल खड्काले भवनको एक कोठा निर्माणका लागि उक्त सहयोग रकम प्रदान गरेका हुन्। आश्रमका अभिभावक शिव खड्काका अनुसार, देश… पुरा पढौ

लोकदोहोरी गीत ‘Oh Baby No Baby’ सार्वजनिक: खेम सेञ्चुरी र बिन्दा परियारको सशक्त प्रस्तुति

लोकदोहोरी संगीत क्षेत्र हाल महँगो उत्पादन लागत र सीमित आम्दानीका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। पछिल्लो समय कलाकारहरू गीत-संगीतमा लगानी गर्न हिच्किचाउने गरेका छन्, जसले गर्दा नयाँ सिर्जनाको गति केही सुस्त देखिएको छ। यद्यपि, केही कलाकारहरू निरन्तर सक्रिय रहँदै संगीतको माध्यमबाट दर्शक-श्रोतासँग संवाद गरिरहेका छन्। यही सन्दर्भमा धादिङकी गायिका बिन्दा परियारले चर्चित गायक खेम सेञ्चुरीसँग सहकार्य गर्दै नयाँ लोकदोहोरी गीत ‘Oh Baby No Baby’ सार्वजनिक गरेकी छन्। गीतमा प्रेम सम्बन्धमा आउने उतारचढाव, भावनात्मक द्वन्द्व र मायाको गहिरो अनुभूतिलाई प्रस्तुत गरिएको… पुरा पढौ

संयोजक प्रचण्डको अपिल : “राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऔं”

काठमाडौं, कार्तिक ११नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखिएको जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखा परेका चुनौतीहरूको समाधानका लागि वामपन्थी शक्तिबीच एकता र साझा आन्दोलन अपरिहार्य भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रले भोगिरहेको संकटको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्र सम्भव हुने उल्लेख गरेका छन्। उनले भने, “देशभक्त, प्रगतिशील वामपन्थी शक्तिबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिबीच राष्ट्रिय सहकार्य अपरिहार्य… पुरा पढौ

माओवादी नै देश सम्हाल्ने शक्ति हो : संयोजक प्रचण्ड

गोरखा, कार्तिक ९ — नेकपा (माओवादी केन्द्र)द्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आज गोरखा सदरमुकाममा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा अध्यक्ष प्रचण्डले जेन–जि आन्दोलनले उठाएका मुद्दा, देशको वर्तमान राजनीतिक अवस्था, तथा पार्टीको आगामी कार्यदिशाबारे स्पष्ट धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “जेन–जि आन्दोलनले उठाएका मुद्दा हामीले संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। ती मुद्दा पूरा गर्न अब हाम्रो पहल र जोड हुनेछ।” अन्तरिम सरकारप्रति पार्टीको दृष्टिकोण… पुरा पढौ

बेली चमेली’ गीत सार्वजनिक

गीतमा स्वाती भाटको मुख्य स्वर, बिनोद ढकालको र्‍याप तथा निशाद चन्द्राको संगीत संयोजन रहेको छ। गीतको मिक्स–मास्टरिङ् बलिउडका ख्यातिप्राप्त मिक्सिङ् इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गरेका हुन् । भारतमा छुट्टै पहिचान बनाइसकेको मशकबिन स्टुडियोको ब्यानरमा नेपाल–भारत सहकार्यमा तयार गरिएको गीतलाई मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस गीतको भिडियोमा नायक पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराको मनमोहक अभिनय तथा नृत्य देख्न सकिन्छ । उनीहरुलाई राज टाइगर, बिन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङले अभिनयमा साथ… पुरा पढौ

माओवादी केन्द्रको स्पष्टिकरण: एकता सम्बन्धी प्रचारमा सत्यता छैन

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले गरेको निर्णय तथा आवश्यकताअनुसार समाजवादी मोर्चामा आबद्ध राजनीतिक दलहरू, अन्य वामपन्थी तथा प्रगतिशील समूहहरूबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयमा गहन छलफल जारी छ। यद्यपि, कुनै पनि दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय वा टुंगो भइसकेको छैन। विभिन्न समयमा नेपाली जनताको अगुवाइमा भएका क्रान्ति तथा संघर्षहरूलाई रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा (माओवादी केन्द्र)को ठहर छ। इतिहासको यही… पुरा पढौ