
नेपाली लोक तथा दोहोरी संगीतका लोकप्रिय गायक तथा सर्जक पुष्कल शर्माको नयाँ लोकदोहोरी गीत ‘मै राम्री आहा’ सार्वजनिक भएको छ।
मन्दिर म्युजिकको प्रस्तुतीमा तयार भएको उक्त गीतले सार्वजनिक भएलगत्तै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।
गीतमा पुष्कल शर्मा र चर्चित गायिका शान्ता रानी परियारको स्वर रहेको छ। गीतको शब्द तथा संगीत पुष्कल शर्माकै रहेको छ भने संगीत संयोजन पूर्ण सम्योगले गरेका छन्।
गीतको म्युजिक भिडियोमा पुष्कल शर्मा र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ। स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको भिडियोले नेपाली ग्रामीण परिवेश, प्रेमभाव र मौलिक संस्कृतिलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।
साउन महिनाको माहोललाई लक्षित गर्दै तयार गरिएको गीतले सार्वजनिक भएदेखि नै सामाजिक सञ्जालमा चर्चा बटुल्न थालेको छ। गीतको शब्द, लय, गायन तथा भिडियोको प्रस्तुतिलाई दर्शक–श्रोताले रुचाएका छन्।
लोकदोहोरी संगीतप्रेमीका लागि साउन विशेष कोसेलीका रूपमा आएको ‘मै राम्री आहा’ले आगामी दिनमा थप लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।









