जन्मोत्सवमा मानव सेवा : चण्डिका बस्नेतद्वारा वृद्धाश्रममा इच्छाभोजन, सनत बस्नेतद्वारा अक्षय कोषमा सहयोग

-


     हिडन खबर    
     श्रावण १६ गते २०८३ मा प्रकाशित


नुवाकोट, साउन १५ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ K नेपाल अन्तर्गत लायन्स क्लब अफ काठमाडौं अजिमाको आयोजनामा सामाजिक सेवामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका–११ हिलेटोल निवासी श्रीमती चण्डिका बस्नेतले आफ्नो ५४औँ जन्मोत्सवको अवसरमा देविघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा इच्छाभोजनका लागि १६ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ।

उहाँले प्रदान गर्नुभएको सहयोगबाट प्रतिष्ठानमा आश्रित ३४ जना ज्येष्ठ नागरिकलाई मिष्ठान्न भोजन गराइएको थियो। जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा चण्डिका बस्नेतलाई शुभकामना व्यक्त गर्नुका साथै आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई स्याउ र केरा वितरण गरिएको थियो।

यसै अवसरमा उहाँका श्रीमान् तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ K नेपालका जोन चेयरपर्सन सनत कुमार बस्नेतले प्रतिष्ठानको अक्षय कोष वृद्धिका लागि १५ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ। साथै उहाँले प्रतिष्ठानको आजीवन सदस्यता पनि ग्रहण गर्नुभएको थियो।

कार्यक्रमको आयोजना लायन्स क्लब अफ काठमाडौं अजिमाले गरेको जानकारी क्लबका चार्टर अध्यक्ष तथा रिजन चेयरपर्सन लायन श्यामसुन्दर महर्जनले दिनुभयो।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ K नेपालका चिफ एक्जिक्युटिभ डाइरेक्टर शैलेन्द्र दाहाल, जीईटी (GET) जिल्ला संयोजक राजकुमार श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं अजिमाका संस्थापक अध्यक्ष तथा रिजन चेयरपर्सन श्यामसुन्दर महर्जन, क्लबका सचिव विष्णुप्रसाद अधिकारी, पूर्णिमा खड्का थापाथली तथा सदस्यहरू कमला रानाभाट, लक्ष्मी बुढाथोकी, आना सिंहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी, थापाथली निवासी तरुण खत्रीले खाजा व्यवस्थापनका लागि चिउरा, बोडी र भुजिया सहयोग गर्नुभएको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूले आश्रममा रहेका ज्येष्ठ नागरिकहरूसँग सहभोजन गर्दै आत्मीयता साटासाट गरेका थिए। प्रतिष्ठानअन्तर्गत सञ्चालित ज्येष्ठ नागरिक मानव सेवा आश्रमका अध्यक्ष विष्णुप्रसाद नेपाल, कार्यसमिति, सल्लाहकार समिति, सदस्यहरू तथा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूले श्रीमती चण्डिका बस्नेतको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, उन्नति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

उनीहरूले आगामी दिनमा पनि लायन्स क्लब अफ काठमाडौं अजिमासँग यस्तै सहयोग, सहकार्य र सद्भाव निरन्तर रहिरहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

जन्मोत्सवलाई सेवामूलक कार्यसँग जोड्दै समाजसेवा र मानव कल्याणमा योगदान पुर्‍याएको भन्दै चण्डिका बस्नेत तथा उहाँको परिवारको कार्यलाई उपस्थितहरूले प्रेरणादायी र अनुकरणीय कार्यको रूपमा प्रशंसा गरेका छन्।