
काठमाडौं, साउन १७
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराले आफ्नो ११औँ चार्टर डे विभिन्न सामाजिक सेवामूलक कार्यक्रमसहित उल्लासमय वातावरणमा सम्पन्न गरेको छ।

तारकेश्वर–३, ठूला गाउँस्थित मातृ नेपाल बालगृहमा आयोजित कार्यक्रममा बालबालिकालाई भोजन गराउनुका साथै विद्यालय झोला (ब्याग) वितरण गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य मानव सेवा, भोकमरी न्यूनीकरण तथा बालबालिकाको शैक्षिक सहयोगमा योगदान पुर्याउनु रहेको क्लबले जनाएको छ।

क्लबका अध्यक्ष लायन टिका दत्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालका प्रथम उप–डिष्ट्रिक्ट गभर्नर बिष्णुहरी फुँयाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै द्वितीय उप–डिष्ट्रिक्ट गभर्नर हसनकुमार गोपाली विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा डिष्ट्रिक्ट सेक्रेटरी गणेश जिसी, चिफ एडभाइजर मिनराज काफ्ले, पीआरओ चिफ सुरेन्द्रबाबु श्रेष्ठ, मिसन १.५ चिफ महाप्रसाद पाण्डे, चार्टर डे संयोजक दयाराम कार्की, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ नेत्रप्रसाद गुरागाईं, ग्लोबल कजेस चिफ शक्ति श्रेष्ठ, इन्द्र भट्ट, अतिरिक्त क्याबिनेट सेक्रेटरी मछिन्द्रराज आचार्य, पूर्वअध्यक्षहरू भूपेन्द्र सिलवाल र अनुप मास्केलगायतको उपस्थिति रहेको थियो।

चार्टर डेका अवसरमा बालगृहमा आश्रित ४५ जना बालबालिकालाई बिहानको भोजन गराइएको थियो। क्लबका कोषाध्यक्ष धनबहादुर श्रेष्ठले आफ्नी आमाको जन्मदिनको अवसर पारेर बालबालिकाका लागि निःशुल्क भोजनको व्यवस्था गर्नुभएको थियो।

त्यसैगरी क्लबकी डाइरेक्टर सरिता भण्डारीको सहयोगमा बालगृहका बालबालिकालाई विद्यालय झोला वितरण गरिएको थियो। प्रमुख अतिथि बिष्णुहरी फुँयालले ११औँ चार्टर डे विशेष केक काट्दै बालबालिकालाई ब्याग वितरण गर्नुभएको थियो।

कार्यक्रममा चार्टर डे संयोजक दयाराम कार्की, चिफ एडभाइजर मिनराज काफ्ले तथा द्वितीय उप–डिष्ट्रिक्ट गभर्नर हसनकुमार गोपालीले शुभकामना मन्तव्य व्यक्त गर्दै लायन्स अभियानलाई मानव सेवामार्फत अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रममा पूर्वअध्यक्ष एवं अतिरिक्त क्याबिनेट सेक्रेटरी मछिन्द्रराज आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने क्लब सचिव सरोज श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। पूर्वअध्यक्ष लायन नेत्रप्रसाद गुरागाईंले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि बिष्णुहरी फुँयालले लायन्स क्लबहरूले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सञ्चालन गरेका यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै बालबालिकाको भविष्य निर्माणमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
११औँ चार्टर डेका अवसरमा आयोजित हङ्गर रिलिफ तथा ब्याग वितरण कार्यक्रमले लायन्सको ‘हामी सेवा गर्छौं’ भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्दै सामाजिक सेवाप्रतिको प्रतिबद्धता थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।










