समाचार

भारी मतसहित उपाध्यक्षमा विजयी पुष्कल शर्माले दिए मतदातालाई धन्यवाद

बर्दिबास, असोज २४राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय उपाध्यक्षमा भारी मतसहित विजयी भएका गायक पुष्कल शर्माले आफूलाई विश्वास गरेर अमूल्य मत दिने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्। प्रतिष्ठानको नवौँ केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएपछि शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो विजयमा साथ, सहयोग र विश्वास गर्ने सबैलाई धन्यवाद दिएका हुन्। उनले प्रतिष्ठानका केन्द्रीय, प्रदेश, जिल्ला, उपत्यका समन्वय समिति, विदेश शाखा, संस्थापक तथा पूर्वअध्यक्षहरू, अग्रज र समकालीन कलाकार, आफन्त तथा शुभचिन्तकप्रति विशेष कृतज्ञता व्यक्त गरेका छन्। शर्माले आफूलाई प्राप्त विश्वास र जिम्मेवारी… पुरा पढौ

कविता सिम्खडाको नेतृत्वमा लायन्सको बैठक सम्पन्न

काठमाडौं। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागमती एरियामा डिस्ट्रिक्ट गभर्नरको दोस्रो एडभाइजरी कमिटी बैठक सम्पन्न भएको छ। जोन चेयरपर्सन कविता सिम्खडाको नेतृत्वमा शनिबार, अक्टोबर १०, २०२६ मा काठमाडौंको बानस्थलीस्थित नमस्ते मिटिङ क्याफेमा बैठक आयोजना गरिएको हो। बैठकको सफल आयोजना, प्रभावकारी समन्वय र व्यवस्थापनका लागि डिस्ट्रिक्ट ३२५ केका मिसन १.५ चिफ महाप्रसाद पाण्डेले जोन चेयरपर्सन सिम्खडालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। पाण्डेले बैठकलाई सफल बनाउन सहयोग पुर्‍याउने क्लस्टर चिफ शहदेव बस्नेत र रिजन चेयरपर्सन किरण थापाको भूमिकाको समेत प्रशंसा… पुरा पढौ

सुनितामी परियार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा विजयी

लोकगीत–संगीतमा डेढ दशकको योगदानपछि प्रतिष्ठानको नेतृत्वमाराष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा गायिका सुनितामी परियार विजयी भएकी छन्। प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्तीका अवसरमा सम्पन्न निर्वाचनबाट परियार केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। डेढ दशकदेखि नेपाली लोक तथा दोहोरी गीत–संगीत क्षेत्रमा सक्रिय परियारले आफ्नो निरन्तरको मेहनत र योगदानबाट यो सफलता हासिल गरेकी हुन्।उनको विजयसँगै कलाकार तथा शुभचिन्तकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। पुरा पढौ

‘आँट दिने र साथ दिने सबैलाई सम्झिएको छु’ : रवि कार्की

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा निर्वाचित कलाकार रवि कार्कीले आफूलाई साथ, सहयोग र विश्वास गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। निर्वाचनपछि कृतज्ञता व्यक्त गर्दै कार्कीले भने, “आँट दिनेहरूलाई पनि सम्झिएको छु, साथ दिनेहरूलाई पनि सम्झिएको छु।” उनले आफ्नो निर्वाचन यात्रामा हौसला प्रदान गर्ने अग्रज कलाकार, शुभचिन्तक, मित्रजन तथा अमूल्य मत दिएर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। कार्कीले प्राप्त माया र विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै आगामी दिनमा पनि सबैको साथ, सहयोग र सद्भावको अपेक्षा गरेका… पुरा पढौ

६७९ मतसहित टीका सानू केन्द्रीय महिला सदस्यमा विजयी

लोकप्रिय लोक तथा दोहोरी गायिका टीका सानू राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय महिला सदस्यमा विजयी भएकी छन्। प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती–२०८३ अन्तर्गत भएको निर्वाचनमा उनले ६७९ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। विजयी भएपछि सानूले आफूलाई विश्वास गरेर अमूल्य मत प्रदान गर्ने सम्पूर्ण प्रतिनिधिप्रति आभार व्यक्त गरेकी छन्। उनले प्राप्त मतलाई माया, विश्वास र जिम्मेवारीको प्रतीकका रूपमा लिँदै मतदाताले आफूमाथि गरेको भरोसालाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्। सानूले आफ्नो विजयलाई व्यक्तिगत सफलतामा मात्र… पुरा पढौ

बागलुङमा चट्याङ लाग्दा दुई महिला घाइते, एउटा भैँसी म¥यो

बागलुङ ।असाेज २३ बागलुङ नगरपालिका–१० अर्वग सिममा चट्याङ लाग्दा दुई महिला घाइते भएका छन् भने एउटा भैँसी मरेको छ। बिहीबार दिउँसो करिब ४ः३० बजे स्थानीय मिनबहादुर थापाको घरमा चट्याङ पर्दा ७१ वर्षीया तिलकुमारी थापा र २४ वर्षीया सङ्गीता रोका बेहोस भएका थिए। उनीहरूलाई उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ लगिएको थियो। उपचारपछि तिलकुमारीको अवस्था सामान्य र सङ्गीताको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सङ्गीताको छाती र पेटको भागमा पोलिएको चोट देखिएको छ। चट्याङका कारण घरको विद्युत् मिटर… पुरा पढौ

बागलुङमा नागरिकमैत्री विशेष घुम्ती प्रशिक्षण तालिम सम्पन्न

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा सञ्चालित प्रहरी कर्मचारी लक्षित नागरिकमैत्री विशेष घुम्ती प्रशिक्षण तालिम सम्पन्न भएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्त्वावधानमा सञ्चालित तालिमको समापन जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहत प्रहरी कार्यालय र गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी कर्मचारीहरुलाई लक्षित गरि नागरिक मैत्री घुम्ति प्रशिक्षण तालिमको संचालन गरिएको प्रहरी प्रमुख प्रसाईले बताए । तालिमले प्रहरी सेवालाई थप नागरिकमैत्री, प्रभावकारी… पुरा पढौ

पशुपति शर्मा प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकप्रिय गायक पशुपति शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। लोकदोहोरी गीतमार्फत नेपाली मौलिक संस्कृति र जनजीवनलाई प्रस्तुत गर्दै आउनुभएका शर्माको नेतृत्वमा कलाकारको हकहित संरक्षण, नयाँ प्रतिभाको प्रोत्साहन र लोकसंगीतको प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। शर्माको निर्विरोध चयनले कलाकार समुदायमा उत्साह थपेको छ। उहाँलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। पुरा पढौ

‘द पोएट आइडल जुनियर’को फाइनलमा बागलुङका प्रविण आचार्य, भोट गरेर जिताउन अपिल

बागलुङ । बागलुङका प्रविण आचार्य लोकप्रिय कविता प्रतियोगिता ‘द पोएट आइडल जुनियर’को फाइनलमा पुग्नुभएको छ। कवितामार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्दै अन्तिम चरणसम्म पुग्न सफल आचार्यलाई विजेता बनाउन भोटको अपिल गरिएको छ। आफ्नो सिर्जनशीलता, शब्द चयन र भावनात्मक प्रस्तुतिका कारण दर्शक तथा साहित्यप्रेमीको ध्यान आकर्षित गर्न सफल आचार्यको फाइनल यात्राले बागलुङवासीमा खुसी र उत्साह थपेको छ। फाइनलमा पुगेका आचार्यलाई विजेता बनाउन बागलुङवासी, आफन्त, साथीभाइ, साहित्यप्रेमी तथा शुभचिन्तकलाई आधिकारिक मतदान प्रक्रियामार्फत भोट गर्न आग्रह गरिएको छ। नयाँ पुस्ताको प्रतिभा उजागर गर्ने ‘द… पुरा पढौ

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा राजेश बर्देवाको उम्मेदवारी

काठमाडौं । गायक तथा प्रस्तोता राजेश बर्देवाले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। लोकदोहोरी गीतसंगीतको संरक्षण, प्रवर्द्धन र कलाकारहरूको हकहितका लागि क्रियाशील बर्देवाले प्रतिष्ठानको बागलुङ जिल्ला कार्यसमिति, धौलागिरि अञ्चल कार्यसमिति तथा काठमाडौं उपत्यकाका विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनले धौलागिरि अञ्चल कार्यसमितिको सदस्य तथा सचिव, उपत्यका समन्वय अनामनगर समितिको सचिव र प्रथम उपाध्यक्ष तथा काठमाडौं समन्वय समितिको सञ्चार प्रमुखका रूपमा काम गरेका छन्। गायन तथा प्रस्तोताका रूपमा परिचित… पुरा पढौ