समाचार

ताराखोलामा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

बागलुङ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको आयोजना तथा ताराखोला गाउँपालिकाको समन्वयमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा प्रवर्द्धन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ताराखोला गाउँपालिका–५ स्थित ताराखोला स्वास्थ्य चौकीको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, बाढीपहिरो प्रभावित व्यक्ति, शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीय समाजसेवी गरी ४१ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता वडा नं. ५ का अध्यक्ष मनबहादुर रोकाले गरेका थिए भने सञ्चालन ताराखोला स्वास्थ्य चौकीकी अहेव निर्मला घर्ती मगरले गरेकी थिइन्। कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख उदित थापा मगरले मानसिक… पुरा पढौ

प्रगतिशील आमासमूहको देउसी–भैलोबाट १ लाख १२ हजार ४१५ रुपैयाँ संकलन

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीसेरामा प्रगतिशील आमासमूहद्वारा आयोजित दुईदिने देउसी–भैलो कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा १ लाख १२ हजार ४१५ रुपैयाँ संकलन भएको समूहले जनाएको छ। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भाव र एकता कायम गर्ने उद्देश्यले तिहारको अवसरमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय बुबाआमा, दाजुभाइ, दिदीबहिनीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। समूहका अनुसार दुई दिनसम्म सञ्चालन भएको देउसी–भैलो कार्यक्रमबाट कुल १ लाख १२ हजार ४१५ रुपैयाँ संकलन भएको छ।… पुरा पढौ

तिहारको अवसरमा पोखराको बिरौटामा ‘राधा रिना कलेक्सन’ सञ्चालनमा

पोखरा । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर पोखरा महानगरपालिका–१७, बिरौटा चोकमा ‘राधा रिना कलेक्सन’ सञ्चालनमा आएको छ। महिला दिदीबहिनीको रुचि, चाहना र आवश्यकतालाई मध्यनजर गर्दै नयाँ तथा आधुनिक फेसन वेयर उपलब्ध गराउने उद्देश्यले कलेक्सन सञ्चालनमा ल्याइएको हो। नयाँ सोच र उत्साहका साथ सुरु गरिएको कलेक्सनको आज एक कार्यक्रमबीच शुभारम्भ गरिएको छ।उद्घाटन कार्यक्रममा सञ्चालक, आफन्त, शुभचिन्तक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। बदलिँदो फेसन र आधुनिक पहिरनप्रति महिलाहरूको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै विभिन्न डिजाइनका आकर्षक तथा नयाँ फेसनका पहिरन उपलब्ध… पुरा पढौ

खेलकुद विकास र संस्कृति संरक्षणका लागि जैमिनी भलिबल संघले देउसी–भैलो खेल्ने

बागलुङ । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले जैमिनी भलिबल संघले तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ। ‘खेलकुदको विकास, संस्कृतिको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको कार्यक्रममार्फत मौलिक संस्कृति संरक्षणसँगै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको संघले जनाएको छ। नेपाली समाजको मौलिक सांस्कृतिक परम्पराका रूपमा रहेको देउसी–भैलोले आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पछिल्लो समय आधुनिक जीवनशैलीका कारण मौलिक कला र… पुरा पढौ

नवसाक्षर आमा समूहको देउसी–भैलोबाट ५१ हजार संकलन

बागलुङ । मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले नवसाक्षर आमा समूहले सञ्चालन गरेको देउसी–भैलो कार्यक्रमबाट हालसम्म ५१ हजार रुपैयाँ संकलन भएको छ। कार्तिक १९ गतेदेखि सुरु भएको कार्यक्रममा स्थानीय महिलाहरूको सक्रिय सहभागिता रहेको छ। देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै सामाजिक एकता, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य रहेको समूहले जनाएको छ। समूहकी अध्यक्ष एलिजा थापाका अनुसार देउसी–भैलोबाट संकलित रकम सामाजिक तथा परोपकारी कार्यमा खर्च गर्ने योजना रहेको छ। आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गइरहेको अवस्थामा… पुरा पढौ

तीन जनाको स्वरमा तिहार विशेष मौलिक देउसी–भैलो गीत सार्वजनिक

बागलुङ । शिक्षण पेसासँगै लोकसंगीतमा सक्रिय लोकगायक डिल्ली पौडेलको शब्द तथा लय सिर्जनामा तयार भएको तिहार विशेष मौलिक देउसी–भैलो गीत सार्वजनिक भएको छ। २०८३ सालको दीपावलीको शुभकामना सन्देशसहित तयार गरिएको गीतमा तारानाथ आचार्य, डिल्ली पौडेल र ललिता घर्ती मगरको स्वर रहेको छ। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको गीतले तिहारको सांस्कृतिक महत्व, आपसी सद्भाव, प्रेम र भाइचाराको सन्देश प्रवाह गरेको छ। आधुनिक संगीतको प्रभाव बढ्दै गएको अवस्थामा मौलिक लोकसंस्कृतिलाई जीवन्त राख्न गीतले योगदान… पुरा पढौ

लायन्स र लियो क्लबद्वारा आयोजित रक्तदानमा ३५ प्वाइन्ट रगत संकलन

काठमाडौँ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्षेत्रअन्तर्गत लायन्स क्लब अफ इन्द्रायणी खुसीबुँ र लियो क्लब अफ काठमाडौँ इन्द्रायणी खुसीबुँको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक पर्ने रगत उपलब्ध गराउने उद्देश्यले आयोजित कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा ३५ प्वाइन्ट रगत संकलन भएको ब्लड डोनेसन डिपार्टमेन्ट चिफ दिनोज चित्रकारले जानकारी दिनुभयो। कार्यक्रममा रक्तदाताहरू, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा लायन्स र लियो सदस्यहरूको सहभागिता रहेको थियो।कार्यक्रम सफल बनाउन सहयोग गर्ने क्लबका… पुरा पढौ

सुनौलो बागलुङद्वारा क्यान्सर पीडित थापालाई २० हजार सहयोग

बागलुङ । सुनौलो बागलुङ संस्थाले क्यान्सर रोगबाट पीडित जैमिनी नगरपालिका–१, सामरुम्टा निवासी चन्द्रकला थापालाई २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। थापाको उपचारमा केही राहत पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम सहयोगस्वरूप हस्तान्तरण गरेको हो। संस्थाले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका क्रममा आत्मबल र धैर्य कायम राख्नसमेत आग्रह गरेको छ। मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै संस्थाले गरेको सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।दुःख र संकटको समयमा गरिने सानो सहयोगले पनि पीडित परिवारमा ठूलो आशा… पुरा पढौ

लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मानवीय तथा सामाजिक सेवालाई अझ प्रभावकारी र परिणाममुखी बनाउने लायन्स लिडरहरूको प्रतिबद्धता काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । शनिबार काठमाडौंको सामाखुसीस्थित स्काई रेस्ट्रो एन्ड ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीसहित लायन्सका विभिन्न तहका नेतृत्वले पर्वहरूको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय निर्देशक बुर्लाकोटी, डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर रमेश अधिकारी, फस्ट भाइस गभर्नर विष्णुहरि फुयाल, सेकेन्ड भाइस… पुरा पढौ

रवि लामिछानेको आफ्नै पार्टीभित्र प्रश्न : १८२ सिट पाएपछि मात्तियौँ, जनताले दिएको मतको दुरुपयोग नगरौँ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले प्राप्त गरेको ठूलो जनमतलाई लिएर नेता तथा कार्यकर्तामा अहंकार बढेको भन्दै आफ्नै पार्टीभित्र आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । शुक्रबार चितवनमा पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले १८२ सिट प्राप्त गरेपछि पार्टीका नेता तथा कार्यकर्तामा भुइँ छाड्ने प्रवृत्ति देखिएको टिप्पणी गरे । उनले जनताले दिएको मत जनताको सेवा गर्नका लागि भएको भन्दै त्यसको दुरुपयोग नगर्न सचेत गराए । 'जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका… पुरा पढौ