स्वास्थ्य

समुदायस्तरी पाेषण कार्यक्रम सम्पन्न

बागलुङ ,स्वास्थ्य कार्यालय बागलुङकाे आयाेजना र निसिखाेला गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा निसिखोला गाउँपालिका ६ नं वडा निसि स्वास्थ्य चाैकी अन्तरगत चुसिवाङमा समुदायमा समुदाय स्तरिय पाेषण सम्वद्ध सराेकारवालासंगकाे पैरवी तथा अन्तरक्रिया सम्पन्न भएकाे छ। कार्यक्रम स्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकाेटाकाे अध्यक्षता, गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठककाे प्रमुख आतिथ्यता, धाैलागिरी आयुर्वेद अस्पतालका डा सरद पन्थी, लगायतका अतिथि निसिखाेला गाउँपालिकाका संयाेजक तथा कर्मचारी, निसी स्वास्थ्य चाैकीका स्वास्थ्यकर्मीहरु लगायतकाे सहभागिता रहेकाे थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरिक्षक लक्ष्मी… पुरा पढौ

माआ‌ेवादी अध्यक्ष प्रचण्ड महासचिव माेहन बैधकाे स्वास्थ अवस्थाबारे जानकारी लिन त्रिवि शिक्षण अस्पतालमा

काठमाडौ, १४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ।अध्यक्ष प्रचण्ड अहिले साझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिदै परिवारसित पनि भेट गर्नुभएको थियो । सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले उहाँको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए। सो क्रममा… पुरा पढौ

बागलुङ रेशमा आँखा शिविर सम्पन्न

बागलुङ/६ पुस, धौलागिरी अस्पताल र लायन्स क्लब अफ बाग्लुङ टाइगर टिमको आयोजन, बाग्लुङ उद्योग वाणिज्य  सङ्घको सहजीकरण र ७ नम्बर वडा कार्यालय रेशको समन्वयमा रेशमा एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। उक्त शिविरमा ११० जना बिरामीको आँखा जाँच गरिएको धाैलागिरी अस्पतालमा कार्यरत आँखा राेग विशेषज्ञ डा. एलिना सापकाेटाले जानकारी दिएकी छिन । आँखामा माेतिविन्दु लगायतका विभिन्न समस्याहरू देखिएको र माेतिबिन्दुको अपरेसन लगायतको अन्य थप उपचारका लागि धौलागिरी अस्पतालमा व्यवस्थापन मिलाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बताए… पुरा पढौ

पर्वत नाग्लिवाङमा बृहत् स्वास्थ्य शिविर हुने

पर्वत ।नाग्लिवाङ सेवा समाज काठमाडौंकाे आयोजना जलजला गाउँ पालिका नाग्लिवाङ स्वास्थ्य चाैकी पर्वतको सहकार्य र रिजनल हस्पिटल प्रालि पाेखराकाे प्राविधिक सहयोगमा नाग्लिवाङ्गमा पुस ६ गते शनिबार निशुल्क स्वास्थ शिविर हुने भएको छ । गाउँ घरमै बिशेषज्ञ स्वास्थ्य सेवा दिने उदेश्यले आयोजना गरिएको निशुल्क स्वास्थ शिविरमा मुटुरोग बिशेषज्ञ सहित को टोलि आ‌ैषधी , इको इसिजि सेवा भिडिओ एक्सरे सहितकाे स्वास्थ सेवा दिने नाग्लिवाङ सेवा समाज काठमाडौंका अध्यक्ष भाेज बहादुर केसीले बताए । शनिबार हुने स्वास्थ्य शिविरमा स्वास्थ्य समस्या भएका बिरामीहरूलाइ स्वास्थ… पुरा पढौ

राष्ट्रिय खाेप कार्यक्रम र सरसफाइ कार्यक्रमकाे समिक्षा

बागलुङ ।स्वास्थ्य कार्यालय बागलुङको आयोजना एवं बरेङ गाउँपालिकाको समन्वयमा संचालित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप र सरसफाई प्रबर्द्बन कार्यक्रमको समिक्षा तथा सुक्ष्मयोजना अध्यावधिक सम्बन्धी २ दिने गोष्ठि सम्पन्न भएको छ । गत आर्थिक वर्षमा गरीएका खोप कार्यक्रमसँग सम्बन्धित विभिन्न क्रियाकलापहरुको समीक्षा गर्दै आगामी दिनहरुमा खोप कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी रुपमा संचालन गर्नको लागि सूक्ष्मयोजना तयारी तथा अध्यावधिक गर्ने, निर्णय गरेको छ । नियमित खोप सेवा कार्यक्रमलाई सुदृढिकरण गर्ने, सरसफाई प्रबर्द्बन कार्यक्रम नियमित रुपमा संचालन गरी बालबालिकाहरुको पोषण अवस्थामा सुधार… पुरा पढौ

धाैलागिरि अस्पतालले सार्वजनिक सुनवाइ नगरेको भन्दै अख्तियारमा उजुरी

बागलुङ / धाैलागिरि अस्पताल बागलुङले सार्वजनिक सुनुवाइ कार्यक्रम नगरेको भन्दै भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्थाले आपत्ति जनाएर पत्राचार गरेको छ । बागलुङ /भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्था बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले मंसिर १६ गते धाैलागिरि अस्पताल बागलुङकाे नाममा पत्राचार गरि नागरिकको बिबिध बिषयमा अस्पताल बाट दिइने सेवा सुविधा बारे सार्वजनिक सुनुवाइ गरेर सुसूचित गर्नुपर्नेमा अहिलेसम्म नगरेको भन्दै सराेकारवाला समेतकाे ध्यानाकर्षण गर्दै पत्राचार गरेको जनाएको छ । सराेकारवाला संघसंस्था ,नागरिक समाज ,उपभोक्ता अधिकारकर्मि ,मानवअधिकारकर्मि ,जेष्ठ नागरिक ,महिला अधिकारकर्मि समेतलाई राखेर… पुरा पढौ

स्वास्थ तथा प्रविधि बिज्ञान मन्चकाे अध्यक्षमा सुनिल कुमार चालिसे निर्वाचित

काठमाडौं / सीपयुक्त युवा जनशक्ति राेजगारी र विकासगुणस्तरीय प्राविधिक शिक्षा समृद्धिकाे निकास भन्ने नारा साथ स्वास्थ तथा प्रविधि बिज्ञान मन्च (फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्स ) काे काठमाडौंमा मंसिर ४ र ५ गते दुई दिनसम्म भएको आठौं महाधिवेशनले सुनिल कुमार चालिसेकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । डाक्टर नेत्रराज चटाैट निर्वतमान अध्यक्ष उपाध्यक्षहरूमा इन्जिनियर बिजय कुमार झा ,कपिल पाेखरेल , सुधाकर मिश्र ,महासचिवमा निर्मल सापकोटा ,लेखा समितिकाे संयाेजकमा डाक्टर विनोद यादव समितिकाे सचिवमा विनोद कुमार श्रेष्ठ… पुरा पढौ

मेडिकल सुपरिटेण्डेन्टमा डा. किरण तिवारी नियुक्त

बागलुङ / गण्डकी प्रदेशको धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा डा. किरण तिवारी नियुक्त भएका छन् मंगलवारदेखि तिवारीले पद संहालेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तिवारीलाई यस अघिनै प्रमुखमा नियुक्ती गरेको थियो । मंगलवार उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले नियुक्ती पत्र प्रदान गर्दै स्वागत समेत गरेका हुन् । मन्त्रीपरिषद पोखराको कात्तिक १३ गतेको पत्र बुझेपछि तिवारीले अस्पतालको नेतृत्व संहालेका छन् । पदभार ग्रहण गरेका तिवारीले जिम्मेवारीलाई कुशलता पूर्वक बहन गर्ने बताए । उनले अस्पताललाई चुस्त… पुरा पढौ

गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको मन्त्री पाठककाे दावी

लमजुङ, ३ कार्तिक गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताएका छन् । अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन समयमा वर्गीकरण गरी कार्यक्रम अघि सारेको भन्दै उनले ६ महिनाभित्र, २ वर्षभित्र र ५ वर्षभित्र सम्पन्न हुने गरी योजना बनाइएको उल्लेख गरे । पत्रकार सम्मेलन गरेर नै कार्यक्रमबारे जानकारी दिइसकेको उल्लेख गर्दै अब कुरा नभई काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । प्रदेश सरकार मातहतको लमजुङ जिल्ला… पुरा पढौ

मुस्ताङ र मनाङमा पनि डेङ्गी देखियो= स्वास्थ्य मन्त्री पाठक

बागलुङ ,असाेज २ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले दे प्रभावित डेङ्गी अहिलेसम्म मनाङ र मुस्ताङमा नदेखिएञकोमा  अहिले डेङ्गी देखिएको बताए ।।प्रेस चाैतारी नेपाल बागलुङले सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री पाठकले अहिले डेङ्गी गण्डकी प्रदेशमा धेरै देखिएको हुदा यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको बताए । गण्डकी प्रदेशका अस्पतालहरूमा अहिले ठूलो मात्रामा बिरामीहरू डेङ्गी परिक्षण गर्न आउने गरेकाहरूकाे परिक्षणकाे लागि कीट प्रयाप्त मात्रामा ब्यवस्थाप मिलाइएको हुदा समस्या नभएको बताए । स्वास्थ्य मन्त्री पाठकले गण्डकी प्रदेशको कुन जिल्ला के कति… पुरा पढौ