
बागलुङ, असोज २ – लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतको लायन्स क्लब अफ बागलुङ पिस टाउन ले आफ्नो ‘चार्टर डे स्पेसल सर्भिस कार्यक्रम’ अन्तर्गत धौलागिरी प्रादेशिक अस्पताललाई ह्विलचेयर हस्तान्तरण गरेको छ।

अस्पतालमा उपचारका लागि आउने बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले क्लबले अस्पताललाई ह्विलचेयर सहयोग गरेको हो।
हस्तान्तरण कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्मा, मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारी, अस्पतालका अन्य पदाधिकारी तथा लायन्स क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्षले सामाजिक सेवामार्फत समुदायको आवश्यकता सम्बोधन गर्ने लायन्सको अभियानलाई निरन्तरता दिइने बताए। अस्पताल व्यवस्थापन पक्षले समेत बिरामी सेवामा सहयोग पुग्ने सामग्री उपलब्ध गराएकोमा क्लबप्रति आभार व्यक्त गरेको थियो।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने अस्पताल व्यवस्थापन परिवार, क्लबका सदस्य तथा सम्पूर्ण शुभेच्छुकप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको छ।











