काठमाडौं, भदौ १२ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि लायन्स मल्टिपल डिष्ट्रिक्ट नेपालको आह्वानमा सञ्चालन गरिएको सहयोग अभियानअन्तर्गत पहिलो चरणको सहयोग रकम हस्तान्तरण गरिएको छ। मल्टिपल डिष्ट्रिक्ट तथा नेपालभरका १५ वटै लायन्स डिष्ट्रिक्टको संयुक्त सहकार्यमा बाढीपीडितका लागि एक करोड रुपैयाँ सहयोग संकलन गर्ने निर्णयअनुसार डिष्ट्रिक्ट ३२५ एम, नेपालले आफ्नो पहिलो चरणको दायित्वस्वरूप ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो। उक्त रकम डिष्ट्रिक्ट ३२५ एम, नेपालको तर्फबाट मल्टिपल काउन्सिल…
पुरा पढौ