जोनअन्तर्गतका क्लबबीच समन्वय र सेवा कार्यक्रम प्रभावकारी बनाउने विषयमा छलफल

-


     हिडन खबर    
     असाेज १८ गते २०८३ मा प्रकाशित


काठमाडौं, असोज १८ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत दोस्रो जोन एड्भाइजरी कमिटी (जोन मिटिङ) आइतबार ललितपुरको चाकुपाटस्थित इन्ट्रान्स क्याफेमा सम्पन्न भएको छ।

जोन चेयरपर्सन रञ्जु थापाको अध्यक्षतामा सम्पन्न बैठकमा रिजन चेयरपर्सन राजिन परेरु, क्लस्टर चिफ सुवास राई, क्याबिनेट ट्रेजरर चुडामणि सिलवाल, पिआरओ इन चिफ सुरेन्द्रबाबु श्रेष्ठ तथा मिसन १.५ चिफ महाप्रसाद पाण्डेलगायतको सहभागिता रहेको थियो।

बैठकमा जोनअन्तर्गतका लायन्स क्लबहरूले सञ्चालन गरिरहेका सेवा तथा मानवीय कार्यक्रमको समीक्षा गर्दै आगामी कार्ययोजना, सदस्यता विस्तार, नेतृत्व विकास तथा सामुदायिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

ललितपुरको चाकुपाटस्थित इन्ट्रान्स क्याफेमा आयोजित बैठकले क्लबहरूबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउँदै डिस्ट्रिक्ट ३२५ के नेपालको सेवा अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।