दसैँमा दलित बालबालिकाको मुहारमा खुसी

-


     हिडन खबर    
     असाेज १६ गते २०८३ मा प्रकाशित


धनुषा । गैरआवासीय नेपाली संघ (एनआरएनए) की सहकोषाध्यक्ष रिता परियारले सञ्चालन गर्दै आएको ‘३११ अभियान’ अन्तर्गत धनुषाको सबैला नगरपालिका–१२ बरकुरवा टोलका करिब ६० जना अति विपन्न दलित बालबालिकालाई दसैँको अवसरमा कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ।

दसैँको खुसीबाट कुनै पनि बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको अभियानले स्थानीय बालबालिकाको मुहारमा खुसी छाएको छ।
अभियानकी अभियन्ता परियारले पछिल्ला केही

सातादेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण आफ्ना गतिविधिबारे सार्वजनिक रूपमा जानकारी दिन नसकेको उल्लेख गर्दै अहिले अभियानअन्तर्गत सम्पन्न भएका कार्यक्रमहरू क्रमशः सार्वजनिक गर्न थालेको बताएकी छन्।

‘३११ अभियान’ मार्फत विपन्न, दलित तथा आवश्यकतामा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा सहयोग पुर्‍याउने कार्य निरन्तर सञ्चालन हुँदै आएको छ।