लायन्स क्लबहरूको दोस्रो जोन मिटिङ सम्पन्नसेवा, नेतृत्व र सदस्यता विस्तारमा जोड

-


     हिडन खबर    
     असाेज १९ गते २०८३ मा प्रकाशित


काठमाडौं, असोज १९ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती क्षेत्रका विभिन्न लायन्स क्लबहरूको दोस्रो जोन मिटिङ सम्पन्न भएको छ।

जोन चेयरपर्सन लायन चन्दन सर्राफको अध्यक्षतामा सम्पन्न बैठकमा क्लबहरूको सेवा गतिविधि, सदस्यता विस्तार अभियान, नेतृत्व विकास तथा डिस्ट्रिक्टका कार्यक्रमहरूबारे समीक्षा गरिएको थियो। बैठकमा सहभागी क्लबहरूबीच अनुभव आदान–प्रदान गर्दै आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको जनाइएको छ।

कार्यक्रममा डिस्ट्रिक्टका पीआरओ इन चिफ सुरेन्द्र बाबु श्रेष्ठ, डीजी थिम चिफ श्रीकृष्ण मानन्धर, मिसन १.५ चिफ महाप्रसाद पाण्डे, डिपार्टमेन्ट चेयरपर्सन रामेश्वर भण्डारी, क्लस्टर चिफ सुवर्ण कँडेल, रिजन चेयरपर्सन प्रेमप्रसाद शर्मा पौडेल, को–जोन चेयर बलसिंहलगायतको उपस्थिति रहेको थियो।

बैठकमा लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायक, लायन्स क्लब अफ काठमाडौं आशुतोष, लायन्स क्लब अफ काठमाडौं सर्राफसहित विभिन्न क्लबका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रमपछि सेवा चिफ एक्जिक्युटिभ तथा लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायकका चार्टर प्रेसिडेन्ट पीएमजेएफ सन्तोष सर्राफले जोन चेयरपर्सन चन्दन सर्राफको नेतृत्वमा बैठक समयमै तथा प्रभावकारी रूपमा सम्पन्न भएको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो।

लायन्स इन्टरनेशनलको ‘Leading with Purpose’, ‘Rooted in Service’ तथा ‘We Serve’ अभियानलाई आत्मसात गर्दै समाजसेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका थिए।