मातृ नेपाल बालगृहमा भोकमरी निवारण तथा चार्टर डे कार्यक्रम सम्पन्न

-


     राजेशचन्द्र राजभण्डारी     
     असाेज १४ गते २०८३ मा प्रकाशित


काठमाडौं, असोज १४
लायन्स क्लब अफ काठमाडौं न्यू श्री मच्छापोखरीले आफ्नो चौथो चार्टर डे विशेष कार्यक्रमका रूपमा भोकमरी निवारण (हंगर रिलिफ) कार्यक्रम सम्पन्न गरेको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत रहेको क्लबले बुधबार तारकेश्वर–३ स्थित मातृ नेपाल बालगृहमा कार्यक्रम आयोजना गर्दै बालगृहमा आश्रित बालबालिकालाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेको हो।

“Leading With Purpose” भन्ने नारासहित आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा समाजसेवीहरूको सहभागिता रहेको थियो। कार्यक्रममार्फत बालगृहका बालबालिकालाई भोजन व्यवस्थासहित आवश्यक सहयोग प्रदान गरिएको क्लबले जनाएको छ।

क्लबले स्थापना दिवस (चार्टर डे) लाई केवल औपचारिक उत्सवका रूपमा नभई सामाजिक सेवासँग जोडेर मनाउने परम्परालाई निरन्तरता दिएको जनाएको छ। लायन्स अभियानअन्तर्गत भोकमरी न्यूनीकरण, मानव सेवा तथा सामुदायिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका सेकेन्ड फस्ट भाइस गभर्नर बिष्णु हरि फुयाल भाइस गभर्नर हसन कुमार गाेपाली सेक्रेटरी गणेश जिसी लायन्स लिडर महाप्रसाद पाण्डे सन्तोष सराफ राेजीता वस्ती चार्टर प्रीसिडेन्ट अप्सरा पुडासैनी अधिकारी कलस्टर चिफ सुवर्ण कडेल ध्रुब प्रसाद घिमिरे
लगायतका लिडरहरू क्लबका पदाधिकारी सदस्यहरूकाे बिशेश उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सहभागीहरूले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।