शिक्षा

स्वर्गीय मिथिला मल्लको स्मृतिमा पोखरामा ‘हङ्गर रिलिफ कार्यक्रम’ सम्पन्न

कास्की, भदौ २ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा समृद्धिले सामाजिक उत्तरदायित्व अन्तर्गतको मानवीय सेवा कार्यक्रम सञ्चालन गर्दै लायन वर्ष २०२६/२७ को सुरुआतमै उदाहरणीय कार्यको थालनी गरेको छ। डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीले अघि सारेको यस वर्षको मूल नारा “Leading With Purpose” लाई व्यवहारमा उतार्दै क्लबले आफ्ना संस्थापक सदस्य स्वर्गीय मिथिला मल्लको जन्मतिथिको स्मरणमा “हङ्गर रिलिफ कार्यक्रम” (खाना खुवाउने कार्यक्रम) आयोजना गरेको हो। लायन्सको प्रमुख सेवामूलक अभियानमध्ये भोकमरी न्यूनीकरण पनि एक रहेको छ। पोखरा–६, लेकसाइडस्थित… पुरा पढौ

निःशुल्क दन्त, आँखा परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न, सयौँ लाभान्वित

काठमाडौं, साउन ३१ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमाल को आयोजना तथा ॐ समाज डेन्टल हस्पिटल को सहकार्यमा काठमाडौंको बनस्थली चोकमा निःशुल्क दन्त स्वास्थ्य शिविर, निःशुल्क आँखा परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्सको मूल मन्त्र “We Serve” (हामी सेवा गर्छौं) लाई आत्मसात् गर्दै आयोजित उक्त सेवामूलक कार्यक्रममा २०५ जनाको दन्त परीक्षण तथा २५ जनाको आँखा परीक्षण गरिएको क्लबले जनाएको छ। आँखा परीक्षण गरिएकामध्ये ३ जनामा मोतियाबिन्दु देखिएकाले शल्यक्रिया आवश्यक… पुरा पढौ

समयमै सम्पन्न भए लायन्स क्लबका एडभाइजरी बैठक, नेतृत्व र समन्वयको प्रशंसा

काठमाडौं, साउन ३१लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरूले निर्धारित समयसीमाभित्र जिल्ला गभर्नरको प्रथम एडभाइजरी कमिटी बैठक (District Governor’s First Advisory Committee Meeting) सम्पन्न गरेका छन्। डिस्ट्रिक्टले तय गरेको कार्यतालिका अनुसार क्षेत्र तथा जोनस्तरमा बैठकहरू सम्पन्न भएसँगै क्लबहरूको संगठनात्मक सुदृढीकरण, सदस्यता अभिवृद्धि तथा सेवा गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल भएको जनाइएको छ। यसैक्रममा पोखरास्थित क्लासिकल चुलोमा साउन ३० गते सम्पन्न जोनस्तरीय एडभाइजरी बैठक सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जोन चेयरपर्सन सागर पौडेलको… पुरा पढौ

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

बागलुङ — महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले बागलुङमा सञ्चालन गरिएको चारदिने साबुन बनाउने तालिम सम्पन्न भएको छ। बागलुङ उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिममा सहभागी महिलाहरूलाई साबुन उत्पादनका सात प्रकारसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो। साबुन बनाउने प्रक्रिया, आवश्यक कच्चा पदार्थ, उत्पादन विधि, गुणस्तर व्यवस्थापन, प्याकेजिङ तथा उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाउन आवश्यक आधारभूत जानकारीसमेत दिइएको आयोजकले जनाएको छ। घरायसी तथा व्यक्तिगत सरसफाइमा नियमित प्रयोग हुने साबुनको बजार… पुरा पढौ

विपत्तिमा साथ: बडिगाडका पहिरोपीडितलाई लायन्स क्लबद्वारा राहत हस्तान्तरण

बडिगाड (बागलुङ) बडिगाड गाउँपालिका–५ ग्वालीचौरस्थित जोगीवगरमा बिहीबार साँझ अविरल वर्षासँगै गएको पहिरोबाट प्रभावित परिवारलाई लायन्स क्लब अफ बागलुङ बडिगाडले राहत सामग्री हस्तान्तरण गरेको छ। अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोका कारण स्थानीय लोकबहादुर थापाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो। घटनामा मानवीय क्षति नभए पनि घर बस्न अयोग्य बनेपछि थापाको परिवार छिमेकीको घरमा आश्रय लिएर बस्न बाध्य भएको छ। विपद्पछिको भोलिपल्ट शुक्रबार लायन्स क्लब अफ बागलुङ बडिगाडले पीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री प्रदान गरेको हो। राहत हस्तान्तरण कार्यक्रममा क्लबका… पुरा पढौ

रगत अभाव हुन नदिन काठमाडौंमा बृहत रक्तदान

काठमाडौं साउन २८ काठमाडौंमा रगत अभावका कारण उपचाररत बिरामीले भोग्नुपरेको समस्या न्यूनीकरण गर्ने उद्देश्यले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। साउथवेस्टर्न स्टेट कलेजसँगको सहकार्यमा आयोजित कार्यक्रममा ठूलो संख्यामा रक्तदाता सहभागी भएका छन्। रगत अभावका कारण अस्पतालमा उपचाररत बिरामीले आवश्यक समयमा रगत नपाउने समस्या नेपालमा अझै चुनौतीकै रूपमा रहेको छ। यही अवस्थालाई मध्यनजर गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल र साउथवेस्टर्न स्टेट कलेजको हेल्थ एन्ड इन्भाइरोन्मेन्ट क्लबको संयुक्त आयोजनामा काठमाडौंको बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेज… पुरा पढौ

खानेपानीमा १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने माग, संसद्को पूर्वाधार विकास समितिमा चर्कियो बहस

काठमाडौं, साउन २८ । खानेपानी सेवामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने मागसहित संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा खानेपानी व्यवस्थापनका समसामयिक विषयमा व्यापक छलफल भएको छ। समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा सम्पन्न छलफलमा समितिका सदस्यहरू, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्याय खानेपानी तथा सरसफाइ उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष राजेन्द्र अर्याल लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए। छलफलका क्रममा खानेपानीलाई… पुरा पढौ

१२ बुँदे मागपत्रसहित सम्पन्न भयो सातौँ नेपाल युवा अधिकार महाभेला

काठमाडौं, साउन २७ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राजधानी काठमाडौंमा आयोजित सातौँ नेपाल युवा अधिकार महाभेला ५० भन्दा बढी संघसंस्थाको सहकार्यमा सम्पन्न भएको छ। महाभेलाले नेपालको वर्तमान युवा अवस्था, अवसर र चुनौतीलाई सम्बोधन गर्दै राज्यसमक्ष कार्यान्वयनका लागि १२ बुँदे मागपत्र प्रस्तुत गरेको छ। युथ एड्भोकेसी नेपालको संयोजकत्व तथा राष्ट्रिय युवा परिषद्, नेपाल महिला एकता समाज, भिएसओ नेपाल, एक्सन एड नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान, वाईएनपीडी, ओरेकलगायत ४० भन्दा बढी संघसंस्थाको सहकार्यमा महाभेला आयोजना गरिएको हो। साउन २५… पुरा पढौ

लायन्स क्लबको सक्रियता बढ्दो, काभ्रेका करिब १०० विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति

काभ्रे, साउन २६ ।‘Leading With Purpose’ अर्थात् उद्देश्यसहित नेतृत्व र ‘जहाँ आवश्यकता, त्यहाँ लायन’ भन्ने अभियानलाई आत्मसात् गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गतका लायन्स क्लबहरूले सामाजिक तथा शैक्षिक सेवाका गतिविधिलाई तीव्रता दिएका छन्। यसै क्रममा काभ्रेको पनौती नगरपालिका–५, सुब्बागाउँस्थित ग्रामोदय आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरणसँगै छात्रवृत्ति प्रदान गरिएको छ। कार्यक्रममा विद्यालयका करिब १०० जना बालबालिकालाई स्टेसनरी सामग्री, जुस, खेलकुदका सामग्री तथा खेलौनाहरू वितरण गरिएको हो। त्यसैगरी विद्यालयका १५ जना विद्यार्थीलाई श्रावणदेखि आगामी वैशाखसम्म ६ महिनाका लागि छात्रवृत्ति… पुरा पढौ

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहमा लायन्सद्वारा भोजन र खाद्यान्न वितरण

काठमाडौं, साउन २६ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमाल ले सामाजिक तथा मानवीय सेवाको उदाहरण प्रस्तुत गर्दै तारकेश्वरस्थित साहारा इन्टरनेसनल चिल्ड्रेन होम मा आश्रित बालबालिकासँग जन्मदिन मनाएको छ। क्लबका सदस्य दिपेश भट्टको जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा आश्रयगृहमा रहेका ११ जना बालबालिकासँग केक काटी खुसी साटासाट गरिएको थियो। बालबालिकाको सहभागितामा आत्मीय वातावरणमा जन्मदिन मनाउँदै उनीहरूलाई खुसी बाँड्ने प्रयास गरिएको क्लबले जनाएको छ। सोही अवसरमा ‘हङ्गर रिलिफ’ कार्यक्रमअन्तर्गत दिपेश भट्टका अभिभावक लायन इन्द्र भट्ट र… पुरा पढौ