रसुवाका बाढीपीडितलाई लायन्स क्लबद्वारा राहत हस्तान्तरण

-


     राजेशचन्द्र राजभण्डारी     
     भाद्र २३ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ २३

हालैको बाढी–पहिरोका कारण रसुवा तथा भोटेकोशी क्षेत्रका सयौं परिवार विस्थापित भएपछि काठमाडौंमा आश्रय लिएर बसेका बाढीपीडितलाई लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूले राहत सामग्री हस्तान्तरण गरेका छन्।

भदौ १० गते भाेतेकाेशी लगायत ठाउँबाट आएको बाढी पहिरो बाट आफ्नो आफन्त परिवार गुमाएका ब्यक्तिहरूलाइ गण्डकी एरियाअन्तर्गतका १९ वटा लायन्स क्लबको संयुक्त आयोजनामा मंगलबार तारकेश्वर गुम्बामा मानवीय आश्रय लिएर बसिरहेका पीडित परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेकाे छ ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल भदौ १० गते रसुवा लगायतका ठाउँमा बाढी पहिरो बाट प्रभावित
क्षेत्रमा पुगेर प्रत्येक्ष रूपमा राहत सामग्री प्रदान गर्दै आएको अहिले काठमाडौंमा आश्रय लिएर बसिरहेका ब्यक्तिहरूलाइ सहयोग गरेको लायन्स इन्टरनेशनल पुर्व डाइरेक्टर बालकृष्ण बुर्लाकाेटीले बताए ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत
गण्डकी एरियाका १९ वटा लायन्स क्लबहरूले रसुवाका बाढीपीडित लाई खाध्यान्न लत्ताकपडा लगायतका सामाग्री सहयोग गरेकाे लायन्स डिस्ट्रिक्टले जनाएको छ ।

भदौ १० गते आएको बाढी बाट आफ्नो आँखा अगाडि परिवार गुमाएको कुराले अहिले पनि आँखामा झझल्को आइरहेको अहिले लायन्सले गरेको सहयोगले केही राहत मिलेपनि पीडितलाई दिर्घकालीन योजना बनाउन सरकार संग माग गरेका छन् ।

क्लबले राम्रोसँग जाँचबुझ गरेर रसुवामा गएको बाढी बाट प्रत्येक्ष रूपमा पीडितहरू अहिले राजधानीमा आएर आश्रय लिइरहेका परिवारलाई खाध्यान्न लगायतका सामाग्री प्रदानले केही भएपनि राहत मिल्ने बिश्वास गरिएको छ ।

आयोजकका अनुसार राहत सामग्री वितरणसँगै अस्थायी आश्रय व्यवस्थापन, स्वास्थ्य सेवा, मानसिक परामर्श तथा स्वच्छ खानेपानीका लागि पानी शुद्धीकरण सामग्रीसमेत उपलब्ध गराइएको छ। राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय स्वयंसेवकहरूले समेत सक्रिय सहयोग गरेका छन्।

लायन्स क्लबहरूले विपद्को कठिन अवस्थामा प्रभावित समुदायको साथमा रहने प्रतिबद्धतासहित आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने बताएका छन्।

कार्यक्रममा लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर रमेश अधिकारी, प्रथम उपजिल्ला गभर्नर विष्णुहरि फुयाँल, द्वितीय उपजिल्ला गभर्नर हसनकुमार गोपाली तथा चिफ एड्भाइजर मीनराज काफ्ले राजेन्द्र आचार्य रामकृष्ण अवस्थी लगायत लायन्सका नेतृत्वकर्ताहरूको विशेष उपस्थिति रहेको थियो।

राहत अभियानमा एलसीपी कुमुद, एलसीपी सेन्ट्रल, एलसीपी युनिटी चौतारी, एलसीपी अनुराग, एलसीपी समृद्धि, एलसीपी सप्तगण्डकी, एलसीपी नेक्सस, एलसीपी माउन्टेन भ्यु सिटी, एलसीपी सुन्दरनगरी, एलसीपी एपेक्स, एलसीपी ग्लोबल, एलसीपी पिस होम, एलसीपी गार्डेन सिटी, एलसीपी सेन्ट्रल सिटी, एलसीपी ग्यालेक्सी, एलसीपी डाइनामिक, लायन्स क्लब अफ पोखरा लेखनाथ गार्डेन सिटी तथा एलसीपी ब्यूटिफुल सिटीलगायत क्लबहरूको सक्रिय सहभागिता रहेको थियो।

आयोजकका अनुसार राहत सामग्री वितरणसँगै अस्थायी आश्रय व्यवस्थापन, स्वास्थ्य सेवा, मानसिक परामर्श तथा स्वच्छ खानेपानीका लागि पानी शुद्धीकरण सामग्रीसमेत उपलब्ध गराइएको छ। राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय स्वयंसेवकहरूले समेत सक्रिय सहयोग गरेका छन्।

लायन्स क्लबहरूले विपद्को कठिन अवस्थामा प्रभावित समुदायको साथमा रहने प्रतिबद्धतासहित आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने बताएका छन्।