
काठमाडौं, भदौ २१ — लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं टेम्पल मञ्जुश्री ले नुवाकोटको सिमलचौर क्षेत्रका बाढीपीडित परिवारलाई अत्यावश्यक राहत सामग्री वितरण गरेको छ।

डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा बाढीबाट प्रभावित परिवारलाई ग्यासचुलो, प्रेसर कुकर, भाँडाकुँडा, सिरक, डसना लगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीको प्याकेज हस्तान्तरण गरिएको हो।

हालै रसुवा, नुवाकोट लगायतका जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको क्लबले जनाएको छ।

मानवीय सेवामा निरन्तर सक्रिय रहँदै आएको लायन्स क्लब अफ काठमाडौं टेम्पल मञ्जुश्रीको पहलले विपद्का बेला पीडित परिवारलाई राहत पुग्ने विश्वास गरिएको छ।१५० परिवारलाई लायन्स क्लब अफ काठमाडौं टेम्पल मन्जुश्रीका संस्थापक अध्यक्ष सुलाेचना श्रेष्ठ जाेन चेयरपर्सन शुसन श्रेष्ठ पुर्ण प्रसाद रन्जित ,गायत्री भण्डारी पार्वती नापित लक्ष्मी कपाली सुजिता श्रेष्ठसुमिता श्रेष्ठ सुस्मिता श्रेष्ठ सविन महर्जन
लायन्स क्लब काठमाडौं जुम ब्युटी र जुम ब्युटी एकेडेमीका जुनु चक्रधर — संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जुनु चक्रधर
कृषाप त्वानाबासु — प्रबन्ध निर्देशक तथा स्वामी लगायत सदस्यहरू पुगेर राहत प्रदान गरेका थिए ।
कार्यक्रमका सहभागीहरूले क्लबकी संस्थापक अध्यक्ष सुलोचना सहित सम्पूर्ण क्लब परिवारले देखाएको सामाजिक उत्तरदायित्व र सेवाभावको प्रशंसा गरेका छन्।

विपद्का बेला पीडित समुदायको साथमा उभिँदै राहत सामग्री वितरण गरेकोमा क्लब परिवारप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन शुभकामना व्यक्त गरिएको छ।

















