शिक्षा

जन्मदिनको अवसरमा मानवीय सेवा, लायन्स क्लब अफ पोखरा समृद्धिद्वारा आर्थिक तथा खाद्यान्न सहयोग

कास्की, भदौ १० — “हामी सेवा गर्छौं” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूले सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिएका छन्। यसैक्रममा, लायन्स क्लब अफ पोखरा समृद्धि ले संस्थापक सदस्य ममता गुरुङको जन्मदिनको अवसरमा मानवीय सेवा कार्यक्रम सम्पन्न गरेको छ। क्लबले पोखरा–११, फुलबारी निवासी विजय भट्टराईलाई नगद रकम तथा खाद्यान्न सामग्री सहयोग गरेको हो। भट्टराई विगत १५ वर्षदेखि मोटरसाइकल दुर्घटनापछि उपचाररत रहँदै आउनुभएको छ। पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाइ भइरहेको जानकारी… पुरा पढौ

सुत्केरी आमाको मृत्युपछि नवजात शिशुलाई लायन्स क्लब अफ निसिखोलाको सहयोग

बागलुङ, भदौ ९ “जहाँ दुख्छ, त्यहाँ पुग्छ लायन्स क्लब अफ निसिखोला” भन्ने नारालाई आत्मसात् गर्दै सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ निसिखोलाले दुःखमा परेका एक परिवारलाई मानवीय सहयोग प्रदान गरेको छ। केही दिनअघि निसिखोला गाउँपालिका–३ धाराखर्कस्थित मिना सुनारले बोहोरागाउँ स्वास्थ्य चौकीमा सामान्य प्रसूति (नर्मल डेलिभरी) गरेकी थिइन्। प्रसूति पश्चात् स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा लैजाने क्रममा बाटोमै उनको निधन भएको थियो। उक्त घटनापछि नवजात शिशुले जन्मिने बित्तिकै आमाको माया गुमाउनुपरेको थियो। परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको… पुरा पढौ

नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं, भदौ ८ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालद्वारा नेतृत्व विकास कार्यक्रमअन्तर्गत आयोजित नयाँ सदस्य अभिमुखीकरण कार्यक्रम काठमाडौंस्थित स्काई रेष्ट्रो एण्ड ब्याङ्क्वेटमा सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य लायन्स लिडरहरूलाइ लायन्स आन्दोलनको इतिहास, उद्देश्य, सामाजिक सेवाको महत्त्व, नेतृत्व विकास तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानबारे जानकारी गराउनु रहेको थियो। अभिमुखीकरणमार्फत लायन्स सदस्यहरूले समाजका आवश्यकता पहिचान गरी शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, भोकमरी न्यूनीकरण तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो। कार्यक्रममा लायन्स इन्टरनेशनल… पुरा पढौ

उद्घोषण तथा प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न

काठमाडौं, भदौ ७लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत रिजन–१ रिजन चेयर पर्सन रन्जिता श्रेष्ठको आयोजनामा उद्घोषण तथा प्रभावकारी सार्वजनिक वक्तृत्वकला सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ। बागलुङमा आयोजित तालिममा लायन्सका पदाधिकारी, सदस्य तथा विभिन्न क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रशिक्षक गणेश महतोले उद्घोषण कला, प्रभावकारी सार्वजनिक वक्तृत्व, कार्यक्रम सञ्चालनका आधारभूत सीप तथा नेतृत्व विकाससँग सम्बन्धित विषयमा प्रशिक्षण दिनुभएको थियो। तालिमका क्रममा कार्यक्रम कसरी व्यवस्थित रूपमा सञ्चालन गर्ने, मञ्च सञ्चालन गर्दा अपनाउनुपर्ने शिष्टाचार, श्रोतामाझ आत्मविश्वासका साथ… पुरा पढौ

सहकारीमा तरलता थुप्रियो, लगानीको वातावरण बनाउनुपर्नेमा जोड

काठमाडौं, भदौ ७ प्रत्येक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बालाजु–१६ काठमाडौंको आयोजनामा शनिबार सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहकारीकर्मी, सदस्य तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका पूर्व अध्यक्ष हरिकृष्ण उपाध्यायले मुलुकको आर्थिक गतिविधि सुस्त बन्दै जाँदा सहकारी र बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रामा रकम थुप्रिएको बताए। बजारमा पर्याप्त तरलता भए पनि लगानीको वातावरण नबन्दा सहकारी तथा वित्तीय क्षेत्र चुनौतीमा परेको उनको भनाइ थियो। उनले उद्योग, व्यवसाय र उत्पादनमूलक क्षेत्रमा लगानी… पुरा पढौ

बिरामीको उपचार सहज बनाउन लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम

काठमाडौं, भदौ ७ रगत अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गतका विभिन्न लायन्स क्लबहरूले काठमाडौंमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्। मानव जीवन बचाउने अभियानलाई निरन्तरता दिँदै डिस्ट्रिक्टअन्तर्गतका क्लबहरूले रक्तदान कार्यक्रम आयोजना गरी आवश्यक रगत संकलन कार्यलाई थप प्रभावकारी बनाएका हुन्। कार्यक्रममा सहभागी रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेका थिए। डिस्ट्रिक्ट ३२५ के नेपालका ब्लड डोनेसन डिपार्टमेन्ट चिफ लायन दिनोज चित्रकारले रगतको कुनै कृत्रिम विकल्प नभएकाले नियमित… पुरा पढौ

लायन्स क्लब अफ बागलुङ सिटीद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

बागलुङ, भदौ ६ — लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ बागलुङ सिटी को आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। बागलुङ नगरपालिका–१, रामरेखास्थित धौलागिरि बहिरा माध्यमिक विद्यालय मा अध्ययनरत विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गर्नुका साथै आवश्यक चस्मा र औषधि वितरण गरिएको हो। क्लबकी अध्यक्ष सन्ध्या श्रेष्ठ राजभण्डारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष पार्वती अधिकारी ले सामाजिक सेवामा समर्पित लायन्स क्लबले शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको बताइन्। उनले बढ्दो मोबाइल फोन… पुरा पढौ

कालिका भगवती देवी मन्दिर निर्माणमा लायन्स क्लबको सहयोग

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूले सामाजिक, मानवीय, शैक्षिक, स्वास्थ्य, धार्मिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा आफ्नो सक्रियता बढाउँदै आएका छन्। यसैक्रममा लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालले रामेछापको दोरम्बा गाउँपालिका–६, लखनपुरस्थित श्री कालिका भगवती देवी मन्दिर निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ। ‘सेवा नै हाम्रो पहिचान, सहयोग नै हाम्रो संस्कार’ भन्ने भावनालाई आत्मसात् गर्दै क्लबले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ। क्लबका अध्यक्ष लायन रुपेश रोकाहाले मन्दिर… पुरा पढौ

सन्तोष पौडेलको उपचारका लागि लायन्स क्लब अफ बागलुङद्वारा २० हजार सहयोग

बागलुङ, भदौ ३ गम्भीर कलेजो रोगबाट पीडित बागलुङ नगरपालिका–१ निवासी सन्तोष पौडेलको उपचारमा सहयोग पुर्‍याउन लायन्स क्लब अफ बागलुङले नगद २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। दुवै मिर्गौलासँगै कलेजोमा समेत समस्या देखिएपछि हाल पौडेल काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (लिभर अस्पताल) मा उपचाररत रहेका छन्। चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको जनाउँदै ठूलो आर्थिक रकम आवश्यक पर्ने बताएका छन्। यही परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ बागलुङले मानवीय उत्तरदायित्व निर्वाह गर्दै उपचार खर्चमा सहयोग स्वरूप २०… पुरा पढौ

लायन्सका चार क्लबद्वारा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, भदौ २ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती क्षेत्रका लायन्स क्लब अफ काठमाडौं कोसेली, लायन्स क्लब अफ काठमाडौं उपहार, लायन्स क्लब अफ काठमाडौं सारा सेवा तथा लायन्स क्लब अफ काठमाडौं सिंहला ग्रुपको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रगत आवश्यक पर्ने बिरामीहरूलाई आवश्यक समयमा सहज रूपमा रगत उपलब्ध गराउनु रहेको आयोजकले जनाएको छ। जिगु इच्छुमती पार्क, बागबजारमा सम्पन्न कार्यक्रममा उल्लेखनीय… पुरा पढौ