बाल दिवस र तीजको अवसरमा लायन्स क्लब अफ निसिखोलाद्वारा सिमाना स्तम्भ स्थापना

-


     हिडन खबर    
     भाद्र ३१ गते २०८३ मा प्रकाशित


बागलुङ, भदौ ३१— राष्ट्रिय बाल दिवस तथा हरितालिका तीजको अवसरमा लायन्स क्लब अफ निसिखोलाले पूर्वी रुकुमको भूमे गाउँपालिका र बागलुङको निसीखोला गाउँपालिकाको सिमानास्थलमा सिमाना स्तम्भ (सिमाना बोर्ड) स्थापना गरेको छ।

सिमाना स्तम्भ स्थापना पश्चात आयोजित कार्यक्रममा सहभागीहरूले एकापसमा तीजको शुभकामना आदानप्रदान गर्दै सामाजिक सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

क्लबका सचिव शिव कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्लबका ज्येष्ठ सदस्य खिमविक्रम गिरी र टेकबहादुर पुनले लायन्स क्लबले आगामी दिनमा अझ प्रभावकारी र उदाहरणीय सामाजिक कार्यहरू गर्दै जानुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी, क्लबका कोषाध्यक्ष ताराबहादुर घर्तीले क्लबका सम्पूर्ण सदस्य एकताबद्ध भएर सामाजिक सेवाका गतिविधिलाई अझ सशक्त बनाउनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा क्लबका अध्यक्ष अशोक कार्कीले समाजमा दुःख र विपत्ति परेको बेला लायन्स क्लब अफ निसिखोला अग्रसर भएर सक्दो सहयोग गर्नुपर्ने बताउँदै सामाजिक सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले क्लबले निरन्तर सामाजिक कार्यहरू गर्दै आएकै कारण ‘बेस्ट अफ द मन्थ अगस्ट’ अवार्ड प्राप्त गर्न सफल भएको उल्लेख गर्दै सम्पूर्ण लायन सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमको समापन गर्दै अध्यक्ष कार्कीले सबैमा हरितालिका तीजको शुभकामना व्यक्त गरेका थिए।