शिक्षा

बागलुङ नगरपालिकामा आधारभूत तह परिक्षा भोलिदेखि: तयारी पूरा

बागलुङ नगरपालिका भित्र भोलिदेखी सञ्चालन हुने यस वर्षको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको तयारी पूरा भएको छ । बागलुङ नगरपालिका नगर शिक्षा शाखाको आयोजना एवं व्यवस्थापनमा सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले जानकारी दिनुभयो । यस वर्षको परिक्षामा बागलुङ नगरपालिका भित्रका ५० वटा विद्यालयबाट कुल १ हजार २ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन् । परीक्षाकालागि नगरभित्र २७ वटा परिक्षा केन्द्र तोकिएको नगर शिक्षा अधिकारी पोखरेलले बताउनुभयो । विगतका वर्षहरूमा होम… पुरा पढौ

बिश्व उपभोक्ता अधिकार दिवस

बागलुङ विश्व उपभोक्ता अधिकार दिवस वर्सेनि मार्च १५ तारिखका दिन मनाउने परम्परा अनुसार यश बर्ष पनि बागलुङ सदरमुकाममाउपभोक्ता अधिकार बारे बिबिध कार्यक्रम गरि यो दिवस मनाइयो । बिश्व उपभोक्ता अधिकार दिवस बर्सेनि नेपालमा मनाउने गरिएपनि आम उपभोक्ताकाे ८ अधिकार बारे भने उपभोक्ताहरू अनभिज्ञ छन् । पर्यटन तथा घरेलु उद्योग कार्यालय ,राष्ट्रिय उपभोक्ता मन्च र जिल्ला प्रशासन कार्यालयकाे संयुक्त आयोजनामा बिश्व उपभोक्ता दिवस मनाएर उपभोक्ताकार अधिकार बारे सराेकारवालालाई सुसूचित गरियो ।उपभोक्ता अधिकार एकदम कुन्ठित भएको ब्यापारी संग बार्गेनिङ गर्ने पावर कम… पुरा पढौ

धौलागिरी बहुमुखी क्याम्पसमा तालाबन्दीका कारण स्ववियु निर्वाचन अनिश्चित

त्रिभुवन विश्वविद्यालय अन्तर्गत साविक धौलागिरी अञ्चलको एकमात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन अनिश्चित बनेको छ । विद्यार्थी परिचयपत्रको वितरणमा त्रुटि भएको भन्दै बामपंथी विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको प्रयोजनका लागि छुट्टै परिचयपत्र जारी गर्नुपर्ने भन्दै फाल्गुन २५ गते बिहीबार साँझ ५ बजे एक वक्तव्य जारी गर्दै निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि उम्मेदवारको मनोनयन निर्वाचन कार्यतालिका अनुसार हुन नसक्दा निर्वाचन नै अनिश्चित बनेको हो । विश्वविद्यालयद्वारा जारी गरिएको स्ववियु निर्वाचन कार्यतालिका अनुसार फाल्गुन १९ गते संगठन दर्ता देखि… पुरा पढौ

४८ घण्टा बितिसक्दा समेत धौलागिरी बहुमुखी क्याम्पसको ताला खुलेन

बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा लगाइएको ताला ४८ घण्टा बितिसक्दा समेत खुल्न सकेको छैन । विद्यार्थी परिचयपत्रको वितरणमा त्रुटि भएको भन्दै बामपंथी विद्यार्थी संगठनले आसन्न चैत्र ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको प्रयोजनका लागि छुट्टै परिचयपत्र जारी गर्नुपर्ने भन्दै फाल्गुन २५ गते बिहीबार साँझ ५ बजे एक वक्तव्य जारी गर्दै निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए । स्ववियु निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीहरुको विषयमा छानविन गर्न पनि माग गरेका छन् । क्याम्पसका कतिपय प्राध्यापक र कर्मचारीहरुले निर्वाचनलाई प्रभाव… पुरा पढौ

नारी दिवसको अवसरमा बागलुङमा महिला कवड्डी प्रतियोगिता हुने

फाल्गुन २४ गते बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बागलुङमा महिला कवड्डी प्रतियोगिता सञ्चालन हुने भएको छ । लियो क्लब अप बागलुङ कालीगण्डकीको आयोजनामा अन्तर विद्यालय स्तरीय छात्रा कवड्डी प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सुगम खड्काले बताउनुभयो । नारीहरुको महत्त्वपूर्ण दिवसको अवसर पारेर नयाँ सन्देश दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष खड्काले बताउनुभयो । बागलुङ नगरपालिका भित्रका बिद्यालयहरुको सहभागी हुने कार्यक्रम बागलुङ नगरपालिका-३ मा अवस्थिति गुराँस विद्या सदनको प्राङ्गणमा कार्यक्रम आयोजना हुने क्लबका प्रथम उपाध्यक्ष केशव सापकोटाले बताउनुभयो । पुरा पढौ

सवारी दुर्घटना न्यूनीकरणका लागि चालकसँग एक मिनेट अभियान सुरु

बढ्दो सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाकालागि बागलुङ प्रहरीले रचनात्मक अभियान सुरु गरेको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको समस्या समाधान गर्न र बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालकसँग ‘एक मिनेट’ अभियान सञ्चालन गरेको हो । जिल्लाबाट दैनिक रुपामा बाहिरिने र भित्रिने सवारीसाधनहरुलाई सडकमै रोकेर चालक र सह-चालकलाई एक मिनेट ट्राफिक नियम सम्बन्धि ज्ञान हस्तान्तरण अभियान स्वरुप चालक सँग एक मिनेट अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी वरिष्ठ… पुरा पढौ

बागलुङमा फाल्गुन ११ देखि १४ औं पटक हात्तीपाइले विरुद्धको औषधि खुवाउने

बागलुङ जिल्ला फाल्गुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि सेवनको अभियान संचालन गरिने भएको छ। १३ औं पटकसम्मको अभियानले रोग निवारण नभएको ठहर गर्दै 'यसै पटक अन्तिम पटक' भन्ने नाराका साथ १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताउनुभयो । । दुई वर्षमाथिका सबैलाई लक्षित गरी अभियान संचालन गरिने प्रमुख शर्माले बताउनुभयो । २ वर्षमुनिका बालवालिका, गर्भवती र ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामीले औषधि सेवन गर्न हुँदैन । बागलुङमा हात्तीपाइले… पुरा पढौ

विद्यामन्दिर माध्यमिक विद्यालय ८२ औं वार्षिकोत्सव सम्पन्न

विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङको ८२ औं वार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार धौलागिरि अञ्चलकै सबै भन्दा जेठो विद्यालयको रुपमा १९९७ मा स्थापित विद्यामन्दिर माध्यमिकले सप्ताहव्यापी कार्यक्रम आयोजना गरि ८२ औं वार्षिकोत्सव मनाएको हो । विद्यालयको वार्षिकोत्सवको मूल समारोहमा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयको सुधारका लागि नगरपालिका तत्पर रहेको बताउनु भयो । बागलुङको शिक्षा क्षेत्रमा इतिहास बोकेको विद्यामन्दिर माविको पूर्वाधारका हिसावले नमूना विद्यालय बनेको बताउँदै गुणस्तर र सिकाई उपलब्धी हासिल गर्नको लागि सबैको सहकार्य आवश्यकता रहेको… पुरा पढौ

चारतारे युवा क्लव (सिवाईसी) नेपालद्वारा सिगाना माविलाई १ लाख सहयोग

चारतारे युवा क्लव (सिवाईसी) नेपालले बागलुङ नगरपालिका ९ स्थित सिगाना माध्यमिक विद्यालयमा सिसिक्यामेरा जडानको लागि आर्थिक सहयोग गरेको छ । विद्यालयमा आयोजित वित्तिय साक्षरता तथा थ्रिजिरो क्लव गठन कार्यक्रमको अवसरमा सिसिक्यामेरा जडानको लागि १ लाख हस्तान्त्रण गरिएको हो । चारतारे युवा क्लव (सिवाईसी) नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर खड्का विद्यालयका प्रअ गोपाल कुमार शर्मालाई १ लाख रुपैयाको चेक हस्तान्त्रण गर्नु भएको थियो । विद्यालयको शैक्षिक विकास, भौतिक सुरक्षा र वातावरणीय सन्तुलन कायम राख्न सहयोग… पुरा पढौ

लियो क्लब अफ धौलागिरी बागलुङद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगिताको उपाधि युएस एकेडेमीलाई

लियो क्लब अफ धौलागिरि बागलुङको आयोजनामा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। बागलुङ बजारका १६ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा युनिभर्सल सवलाइन एकेडेमी प्रथम, धवलागिरि वीरेन्द्र माध्यामिक विद्यालय द्वितीय र मुलपानी माध्यामिक विद्यालय तृतीय भएका छन् । बागलुङको फ्यूचर ब्राइटर इङलिस बोर्डिङ स्कुल शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विजयी विद्यालयहरुलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, लायन्स क्लब अफ धौलागिरि बागलुङका पूर्वअध्यक्ष तथा रिजन चियरपर्सन ताल बहादुर कुँवर, लियो क्लब अफ धौलागिरिका अध्यक्ष प्रवेश पौडेल लगायत द्वारा पुरस्कार वितरण… पुरा पढौ