समाजवादी माेर्चा नेपाल गठन

-


     हिडन खबर    
     असाेज ३० गते २०८० मा प्रकाशित


बागलुङ ,असाेज ३०

समाजवादी माेर्चा केन्द्र देखि प्रदेश हुदै जिल्ला समेत गठन गर्ने निति अनुसार समाजवादी माेर्चा नेपाल संयाेजन समिति बागलुङ गठन गरेको छ ।

जिल्लामा क्रियाशील समाजवादी माेर्चा निकट राजनीति पार्टी नेकपा माआ‌ेवादी केन्द्र ,नेकपा एकीकृत समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी ,जनता समाजवादीले बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरि समाजवादी माेर्चा नेपाल गठन भएको घाेषणा गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका आकाशकाे संयाेजकत्वमा जिल्ला समिति गठन गरेकोे छ ।माेर्चाकाे सदस्यहरूमा
नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र बाट चन्द्र बहादुर थापा शिखर ,टीकाकुमारी विक ,नेकपा एकीकृत समाजवादी बाट लालबहादुर थापा भरत पुरी ,नेपाल कम्युनिस्ट पार्टी बाट क्रान्ति सि जनता समाजवादी पार्टी बाट मिना गुरूङ र दिपेन्द्र जिसी रहेका छन् ।

अहिले गठन भएको माेर्चाकाे कार्यकाल ३/३ महिनामा नेतृत्व परिवर्तन गर्न निति रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । माेर्चाले जिल्लाकाे समसामयिक बिषयमा चासो राखेर अभियान चलाउने जनाएको छ ।