“ म मेरो देशमा फोहर गर्दिन “ मूल नाराका साथ सरसफाई अभियान जारी

-


     हिडन खबर    
     असाेज १७ गते २०८० मा प्रकाशित


काठमाडौ / म मेरो देशमा फोहर गर्दिन “ मूल नाराका साथ विश्व सरसफाई अभियान चलाएको नेवा लहना समुहले आज ऐतिहासिक शहर किर्तिपुरमा सरसफाई गरेको छ । सो समुहले किर्तिपुर भित्रका चोकहरुमा सरसफाई गरेका हुन् ।

काठमाडौँको किर्तिपुरमा ७७ चुलोको परिवार अथवा नेवा लहना समुदायद्धारा १८ वर्ष देखी संञ्चालित सामाजिक आर्थिक सवालम्वन कार्यक्रम अन्तर्गत विश्व सरसफाई कार्यक्रमलाई विगत १४ वर्ष यता प्राथमिकताका साथ अघि बढाउदै किर्तिपुर नगरपालिकामा सरसफाई कार्यक्रम गरेकाे नेवा लहनाका अध्यक्ष राजमान मानवले बताए ।

आफुले फोहोर नगर्ने,आफ्नो फोहोरलाई आफै व्यवस्थापन गर्ने भन्दै विगत १४ वर्ष देखी सुरु गरेको अभियानलाई ५० प्रतिशत मानिसहरुले अभियान अनुसरण गर्दै आफ्नो फोहोर आफै व्यवस्थापन गर्ने विश्वासका साथ यो अभियान शुरु गरेको अध्यक्ष राजमान मानवले बताए ।

नेवा लहनाको विश्व सरसफाई अभियान बंगलादेश ,भारत र नेपालमा जारि राखेका छन।