मंसिर ९ गते किर्तिपुरमा बृहत् सरसफाइ हुने

-


     राजेशचन्द्र राजभण्डारी     
     मंसिर ८ गते २०८० मा प्रकाशित


काठमाडौ ,नेवा:लहना बिश्व सरसफाइ अभियानले मंसिर ९ गते शनिबार किर्तिपुर काठमाडौंमा बृहत् सरसफाइ अभियान गर्ने भएको छ ।

मानव फाेहाेर रहित मानव फाेहाेर ब्यवस्थित गराै भन्ने भावनाका साथ आफ्नो घर टाेल शहरमा आफुले फाेहाेर नगराै भन्दै शनिबार बिहान किर्तिपुरबासीहरू हातमा सरसफाइ गर्ने आ‌ैजार सहित उपस्थित हुने कार्यक्रम रहेको नेवाःलहना बिश्व सरसफाइ अभियानका अभियन्ता राजमान मानवले बताए ।

बृहत् सरसफाइ अभियानमा स्थानीय टाेलबासी किर्तिपुर नगरपालिका लायन्स क्लब ,स्थानीय बालक्लब सामुदायिक बिद्यालयका बिद्यार्थी समाजसेवी जेष्ठ नागरिक लगायतका ५ सय जना भन्दा बढीकाे सहभागीता रहने अभियन्ता मानवले बताए ।

किर्तिपुरकाे २० ठाउँबाट अभियान बिहान ७-३० बजे एकसाथ शुरूवात हुने कार्यक्रमकाे लागि सम्पुर्ण तयारी पूरा भइसकेको छ ।नेवा; लहना बिश्व सरसफाइ अभियानले काठमाडौमा मात्र नभइ सरसफाइ अभियान देशभर गर्दै आएको छ ।