
बागलुङ ,निजी बिद्यालयमा पढ्ने बिद्यार्थी लाई पढाइका अलवा सामाजिक ब्यवहारिक बनाउने हेतुले कालीगण्डकी आवाशीय माध्यमिक बिद्यालयमा बिपद् ब्यवस्थापन बिषयक अन्तर्किया सम्पन्न भएको छ ।
युवा रेडक्रस सर्कलकाे आयोजनामा घर गाउँमा बिपद् पर्दा के कसरी सुरक्षित हुने कसरी मानवीय सहायता गर्ने भन्ने बिषयमा कक्षा ९ मा अध्ययनरत बिद्यार्थी बिच अन्तरक्रिया गरेर अहिले तत्काल आइरहेको भुकम्प प्राकृतिक प्रकाेप लगायतका बिषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस साेसाइटीका काेषाध्यक्ष जीवननाथ शर्माले बिपद् ब्यवस्थापन बारे अवधारणा प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा एन प्यापसनका जिल्ला अध्यक्ष नेत्र न्याैपाने ,गुराँस शिक्षा सदनका प्रिन्सिपल निशान खड्का ,कालीगण्डकी आवाशीय माध्यमिक बिद्यालयका भाइस प्रिन्सिपल सुरेन्द्र शाक्य ,काेराेना एकेडेमीका प्रिन्सिपल सन्तोष बाेहाेरा ,सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालका अध्यक्ष डिल्ली उपाध्याय लगायतका बक्ताहरूले बिपद् ब्यवस्थापन सम्बन्धि समसामयिक बिषयमा अन्तरक्रिया कार्यक्रमले सकारात्मक प्रभाव पार्नुका साथै यसले भाेलीका दिनमा सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।
साेहन जिसीकाे अध्यक्षता भएको अन्तरक्रिया कार्यक्रममा बिद्यार्थी सुहानी राजभण्डारीकाे स्वागत र संगम केसी र गरिमा जिसीकाे संचालनमा सम्पन्न भएको थियो ।
























