बागलुङ ,नेशनल प्याब्सन बागलुङ नगरपालिका नगर कमिटीको व्यवस्थापनमा आयोजित २ दिने सक्षमता अभिवृद्वि कार्यक्रम सम्पन्न भएको छ ।
पुर्व प्राथमिक र प्राथमिक तहमा अध्यापनरत शिक्षकहरुको क्षमता विकासमा केन्द्रित नेशनल प्याब्सनमा आबद्व विद्यालयहरुका करिब ५० जना शिक्षकहरुले सहभागिता रहेको दुई दिने कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको नेशनल प्याब्सनका नगर सचिव निशान खड्काले बताए ।
कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय सदस्य बालकृष्ण शर्मा,जिल्ला कार्य समितिका अध्यक्ष नेत्रलाल न्यौपाने सल्लाहकार निरञ्जनलाल राजभण्डारी केवि शाही कोषाध्यक्ष भुपेन्द्र केसी नगर कमिटी उपाध्यक्ष राजन प्रसाद शर्मा, कालिगण्डकी आवसिय माविका सहायक प्रधानाध्यापक सुरेन्द्र शाक्य,कान्तिपुर संवाददाता पत्रकार प्रकाश बराल,सहजकर्ता सोनि पौडेल तामाङ लगाएत सहभागी शिक्षकहरुकाे सहभागीता रहेको थियो ।
कार्यक्रममा सहजीकरण सोनि पौडेल तामाङले गरेका थिए । कार्यक्रमको अध्यक्षता नेशनल प्याब्सन नगर कमिटीका अध्यक्ष चन्द्र बहादुर क्षेत्रीले गर्नुभएको थियो भने सञ्चालन सचिव निसान खड्काले गरेका थिए ।





























