साउथ एसियन इन्टरनेशनल पुस्तक मेला शुरू

-


     रमेश लुइँटेल     
     मंसिर ५ गते २०८० मा प्रकाशित


काठमाडौ / भृकुटीमण्डपमा साउथ एसियन इन्टरनेसनल २०२३ पुस्तक मेला सुरु भएको छ ।

छिमेकी रास्ट्र भारत र चीन लगायत अन्य देशको उपस्थितीमा आज बाट तीन दिनको लागि पुस्तक मेला सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अथिती प्रधानमन्त्री पुस्पकमल दाहाल ” प्रचण्ड ” ले पानसमा दियो बालेर गर्नु भएको थियो भने पुस्तक मेलाको बिषयमा पनि आफ्नो केही भनाइ समेत राख्नु भएको थियो ।

चीन ,भारत तथा अन्य मुलुकका पाहुनाहरुको पनि पुस्तक मेलामा उपस्थिति रहेको थियो । विभिन्न भाषामा अत्यन्तै जीवन उपयोगि पुस्तकहरु सजाएर राखिएको थियो । विशेष गरेर नेपाली , अंग्रेजि , हिन्दी चाइनिज लगायत अन्य भाषाका पुस्तक रहेको थियो ।