श्री नारायण मा.वि कुश्मा पर्वतमा धर्ना

-


     हिडन खबर    
     असाेज २१ गते २०८० मा प्रकाशित


पर्वत / नारायण मा.वि बाट हालै सार्वजनिक भएको आर्थिक अनियमितताको काण्ड र त्यसपछि सृजना भएका विभिन्न घटनाक्रमहरुले नारायण मा.विको शाख र गरिमा जोगाउन सचेत नागरिकहरूकाे खवरदारी कार्यक्रम शुरू गरेको छ ।

केही बुज्रुकहरुले अन्य विद्यालयहरुमा पनि यहाँको जस्तो अनियमितता भए त्यसको बारेमा आवाज उठाउनु पर्नेमा यस्ता घटना अन्त पनि छन र यो सामान्य हो भनेर यसलाई सामान्यिकरण गर्ने प्रयास गरेको, विद्यालय सम्वद्ध जिम्मेवार व्यक्तिहरु नै अहिलेको आर्थिक अपचलनको छानबिनको विषयबाट अन्यत्र ध्यान मोड्नलाइ धेरै पहिलेका घटनाक्रमलाई तथ्यहिन ढंगले जोडेर गोलमाल पार्ने तर्क बोकेर हिड्ने गरेको कारण पनि खबरदारी जरुरी भएकोले धर्ना कार्यक्रम गरेको स्थानीय सचेत नागरिक शिव प्रसाद शर्माले बताए ।

यस क्षेत्रका जनप्रतिनिधि तथा जिम्मेवार पदमा रहेका व्यक्तिबाट शिक्षकहरु विचमा अनमेल र फुट भएको आरोप र हौवा फैलाएर तथ्यलाई अन्यत्र मोड्ने प्रयास भइरहेको अनियिमताको घटनालाइ सामान्य छनविन समिती बनाएर टुग्याउने गरी पूर्व निर्धारीत योजना बनाएर छानविनको प्रपञ्च गरिँदैछ जुन घटना भएको सत्य तथ्य भन्दा पनि भएको गल्ती ढाकछोप गर्ने कार्य हुने भन्दै चरणबद्व कार्यक्रम ल्याएको जनाएको छ ।

शिक्षक वर्गमा निराश र हतोत्साही भइ समग्र शैक्षिक बाताबरण खलवलीने स्थिति बनेको छ। यस्तो गतिविधिले नारायण मा.वि मात्रै नभएर समग्र “सामुदायीक विद्यालयकै सुशासन, व्यवस्थापन र शैक्षिक बाताबरणको अवस्था” बारेमा नयाँ वहस सृजना गरिदिएको छ। नारायण मा.वि यस्ता घटना अध्ययनको लागि नकरात्मक नमुना बन्ने तर्फ खतरा सृजना भएको भन्दै चिन्ता ब्यक्त गरेकोे छ ।

नारायण मा.विको आर्थिक अपचलन काण्ड उपर स्वतन्त्र छानवीन र कार्वाही गर्न अघोषित रुपमा राजनीतिक हस्तक्षेपले बाधा गरेको कतै लुकेको र छुपेको छैन। यहाँको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई काम गर्न दिइएको छैन। उहाँहरु बोल्ने एकथरी, काम गर्ने एक थरी र नतिजा अर्को थरि आउनाले बोली र व्यवहार विचमा कतै तालमेल नमिलेको कुरा प्रष्ट भएको छ। अत: विद्यालय व्यवस्था समिति र शिक्षक अभिभावक संघका मुल नेतृत्व नारायण मा.विको भविष्यप्रति इमानदार र जिम्मेवारी पुर्व प्रयत्नशील नभएको देखिन आएको छ। यसले वद्यालयका सरोकारवाला सम्पूर्णमा निराशा र अविश्वासको वातावरणा पैदा भएको छ ।

यहाँको शैक्षिक वातावरण नविगारीकन नारायण मा.विमा भइरहेको बेथितिको समाधानको लागि सरोकारवालालाई खवरदारी गर्न र झकझकाउनका लागि आज देखि सचेत नागरिकहरुको यो अभियान सुरु हुन लागेको छ। पढाइ डिस्टर्व नहुने गरि, गेट भित्र नपसी, हो-हल्ला नगरी मुल प्रवेशद्वारमा प्लेकार्ड लिएर शान्तिपूर्ण धर्ना कार्यक्रमहरु हुनेछन।

पर्वतकै अग्रणी शैक्षिक धरोहर नमुना विद्यालय श्री नारायण मा.विको शाख र गौरव बचाउन, आर्थिक अनियमितता काण्डको उचित छानवीन, दोषीलाई कार्वाही गर्न र नेतृत्व प्रति ठडिएका प्रश्नहरु प्रति जवाफदेहीता खोज्ने यस अभियानमा सहयोग गर्न तथा ऐक्यबद्धता जाहेर गर्न हार्दिक आवह्वान गर्दै यो शान्तिपूर्ण दवाव कार्यक्रममा सहयोग गर्न यसै समुदायका समाजसेवी, बुद्धिजीवी, शिक्षासेवी, अभिभावक, शिक्षक, विद्यार्थी र पत्रकार सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ ।

(१) नारायण मा.वि आर्थिक अनियमित काण्ड छानवीनामा अमुक राजनीतिक पार्टीको अनुचित हस्तक्षेप तुरुन्तै बन्द होस ।
(२) आर्थिक अपचलन काण्डको सिघ्र पारदर्शी तरिकाले उचित छानवीन र कार्वाही प्रक्रिया अगाडि बढाइयोस।
(३) नमुना विद्यालय नारायण मा.विमा मर्यादित शैक्षिक वातावरण कायम होस।
(४) विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले नेतृत्वदायी ढंगले आफ्नो जिम्मेवारी पूरा गर।
(५) नारायण मा.विको आजसम्मको शैक्षिक उपलब्धि, संस्थागत प्रगति, सम्पत्ति र कोषहरु सम्पूर्ण समेटी स्वेतपत्र प्रतिवेदन तुरुन्तै सार्वजनिक होस भन्ने माग अगाडि सारेका छन् ।

आश्विन २१ गते आइतबार विहान ठिक ९:४५ वजे देखि १ घण्टा प्लेकार्ड सहित धर्ना कार्यक्रम आश्विन २५ सम्मलाइ
अगाडि सारिएको छ । आजैदेखि विद्यालय प्रशासन, कुश्मा नगरपालिका वडा नं ४ को कार्यालय, कुश्मा नगर शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाई पर्वत, जिल्ला प्रशासन कार्यालय पर्वत लगाएतका विभिन्न सरोकारवाला निकायहरुमा जवाफदेहीता माग गर्दै नागरिक समाजले भेटघाट, छलफल-अन्तरक्रिया र दवाव दिइने भएको छ।