माेहत्तरीकाे वलवा नगरपालिकामा ३ दिने मुटु शिविर

-


     हिडन खबर    
     मंसिर ८ गते २०८० मा प्रकाशित


गाऊँघरमा पनि प्रेसर, सुगर र मुटुरोगको अवस्था चिन्ताजनक ।

माेहत्तरी / डाक्टर आ‌ेम फाउन्डेसनकाे आयोजना माेहत्तरी जिल्लाकाे वलवा नगरपालिकाकाे सहकार्यमा ३ दिने मुटु शिविर सम्पन्न भएको छ । मुटु शिविरमा ४०० भंदा बढ़ी बिरामीको चेकजाँच गरियो । टीमले ३ दिन लगाएर स्थानिय निकाय नगरपालिका सँग सहकार्य गरेर मुटुको शिविर सम्पन्न गर्यो।

काठमांडूमा मैले हेर्ने बिरामीको प्रकृति र यो शिविरमा हेरेको बिरामी उस्तै उस्तै लागेकाे फाउन्डेसनका डाक्टर आ‌ेम मुर्ति अनिलले बताए ।गाऊँघरमा पनि प्रेसर, सुगर र मुटुरोगको अवस्था चिन्ताजनक नै रहेको बताए ।

ग्रामीण भेगमा बसोबास गर्नेलाई संभवत अझ पनि यो कुरा को ज्ञान छैन की ऊनिहरु पनि मुटुरोगको उच्च जोखिममा रहेछन अनिलले भने ।