नारायण माबिमा भएको आन्दोलन सहमतिमा टुंगियो

-


     हिडन खबर    
     असाेज २३ गते २०८० मा प्रकाशित


पर्वत ,नारायण मा.वि.मा भएको आर्थिक अपचलनको उचित छानविन, मर्यादित शैक्षिक वातावरण निर्माण लगाएतका ५ वुँदे मागहरु राखी भइरहेको आन्दोलन सहमति टुंगिएको छ ।

नारायण मा.विमा हुँदै आएको शान्तिपूर्ण धर्ना कार्यक्रम तेस्रो दिनमा आएर समहतीमा टुंगिएको संघर्ष समितिका शिव प्रसाद शर्माले बताए । आन्दोलन र खवरदारीको स्वरूप बदलिएको छ र विद्यालयमा हाम्रो चासो, सरोकार र जिम्मेवारी अझै बढ्न गएको शर्माले बताए ।

अहिले भएको लिखित सहमति अनुसार बिद्यालयमा भएको आर्थिक अनियमितताकाे उचित छानबिन गरि दाेषीलाइ कानुनी कार्वाही गर्ने भएको छ ।नारायण माबि भित्र घटिट सार्वजनिक सराेकारका बिबिध पक्षको अध्ययन अनुगमनको लागि सराेकारवाला पक्षलाई अबसर प्रदान नागरिक समाज समेत सहकार्यमा एक महिनाभित्र संस्थाकाे स्वेतपत्र सार्वजनिक गर्ने भएको छ ।

द्विपक्षीय छलफलमा भएका सहमति तिनको मर्म अनुसार विद्यालय व्यवस्थापन समितिले कार्यन्वयन गर्ने प्रतिबद्धता आएको हुदा अहिले भइरहेको आन्दोलन स्थगित भएको छ ।
आजभएकाे लिखित सहमतिमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्मा र पुर्व बिद्यार्थी तथा नागरिक समाजका सदस्य शिवप्रसाद शर्माले हस्ताक्षर गरेर सहमति गरेका छन् ।

बिद्यालय भित्र भएको लाखौं रूपैयाँ अवचलन र हिनामिना भएको बिषयमा विभिन्न संचार माध्यममा खबर सार्वजनिक भएपछि पुर्व बिद्यार्थीहरू र नागरिक समाज लगायतका सराेकारवालाले निषपक्ष छानबिनकाे माग गर्दै अनियमितता गर्ने लाई कार्वाहीकाे आन्दोलन गर्दै आएका थिए ।