शिक्षा

कालीगण्डकी संरक्षणका लागि देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा

कालीगण्डकी नदीको संरक्षण र प्रचारप्रसारका लागि देवघाटबाट सुरु गरिएको ऐतिहासिक पदयात्रा बागलुङ हुँदै म्याग्दी प्रवेश गरेको छ। महेश सन्यास आश्रम, देवघाटधामको आयोजनामा सुरु भएको पदयात्राको उद्देश्य कालीगण्डकी नदीको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वबारे जनचेतना फैलाउनु हो। टोलिले मंगलबार बागलुङको कालिका मन्दिर दर्शन गरेपछि बुधबार शालग्राम संरक्षणका लागि बागलुङ–४ कुँडुलेमा निर्मित शालग्राम संग्रहालय र श्री रंगवेङ्कटेश्वर मुक्तिनारायण मन्दिर अवलोकन गरेको थियो। जेष्ठ २२ गतेदेखि सुरु भएको यो यात्रा २५ दिनमा ४३१ किलोमिटर दुरी पार गर्दै दामोदर कुण्डमा सम्पन्न हुनेछ। पदयात्रामा नेपाल… पुरा पढौ

‘भोजनलिपि स्वाद’ चौथो संस्करण असार १५ गते राजधानीमा हुने

काठमाडौँ — नेपाली रैथाने खानाको संरक्षण, पुनरुत्थान र प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको ‘भोजनलिपि स्वाद’ कार्यक्रमको चौथो संस्करण यही असार १५ गते काठमाडौँमा हुने भएको छ। कार्यक्रमबारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले नेपाली मौलिक खानाको विविधता, पोषणयुक्त तत्व र सांस्कृतिक महत्त्वबारे प्रकाश पारेका थिए। कार्यक्रमको संयोजन नेपाली खाना प्रवर्द्धन अभियान र सिलौटो कटेजले संयुक्त रूपमा गरेका हुन्। यस पटकको संस्करण राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजना गरिँदैछ, जसले नेपाली कृषि, खानपान संस्कृति र स्थानीय उत्पादनको सम्बन्धलाई पनि… पुरा पढौ

लाज शरणम्’ टिमद्वारा विद्यालयलाई सहयोग, १०१ औं दिनको अवसरमा सामाजिक उत्तरदायित्व

काठमाडौं।जेठ २५ नेपाली चलचित्र ‘लाज शरणम्’ ले प्रदर्शनको १०१औं दिन मनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई सहयोग प्रदान गरेको छ। चलचित्र टिमले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा अवस्थित श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ३० थान स्कुल ड्रेस, झोला (ब्याग) र पानीको बोतल वितरण गरेको हो। यस सहयोग कार्यक्रम मदर किड्स फाउन्डेसन नेपाल को आयोजनामा सम्पन्न भएको हो, जसमा चलचित्रका निर्माता नवीन श्रेष्ठ स्वयं उपस्थित भई सामग्री हस्तान्तरण गरेका थिए। “चलचित्र लाज शरणम् ले १०१ औं दिन सफलतापूर्वक पूरा गरेको अवसरमा हामीले… पुरा पढौ

कोटिहोममा ऐतिहासिक भीड: एकै दिन ५ लाख भक्तजन, २१ करोड दीप प्रज्वलन

पोखरा, जेठ २५ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार देशभरबाट झन्डै ५ लाख भक्तजन सहभागी भएका छन्। आयोजकका अनुसार यो धार्मिक कार्यक्रम हालसम्मकै सबैभन्दा ठूलो भीड भएको ऐतिहासिक क्षण बनेको छ। निर्जला एकादशी तथा २१ करोड दीप प्रज्वलनको अवसरले गर्दा पनि भक्तजनको उपस्थिति विशेष रह्यो। बिहान १० बजे ज्योति भिजाएर साँझ ६ बजे दीप प्रज्वलन गरिएको थियो। मानव सेवा फाउन्डेसनका अनुसार यति ठूलो दीप प्रज्वलन कार्यक्रम सम्भवत: पहिलोपटक भएको हो। भीडले पोखराको यातायात व्यवस्थामा… पुरा पढौ

सिवाईसीको आयोजनामा विपद् व्यवस्थापन सिप विकास तालिम सम्पन्न

२४ जेठ २०८२, बागलुङसिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङको आयोजनामा र चारतारे युवा क्लब सिवाईसी नेपालको सहकार्यमा बागलुङ बजारमा एकदिने विपद् व्यवस्थापन सिप विकास तालिम सम्पन्न भएको छ। तालिमको उद्देश्य विपद् आउनु अघिको पूर्वतयारी, विपद् दौरानको प्रतिकार्य, र विपद् पछिको पुनःस्थापनाको प्रक्रियामा सहभागीहरूलाई सक्रिय, सजग र दक्ष बनाउनु थियो। तालिममा सिवाईसी साकोसको केन्द्रीय तथा सेवाकेन्द्रस्तरमा गठित विपद् व्यवस्थापन उपसमिति र कार्यदलका १३२ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि एवं बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले… पुरा पढौ

बागलुङमा किशोर–किशोरीमैत्री सूचना केन्द्र स्थापना

हिड्नखबर डट्कमबागलुङ, जेठ २३ सूचना कक्षको संस्थागत विकास तथा प्रभावकारी उपयोगका लागि किशोर–किशोरीमैत्री सूचना केन्द्र बागलुङमा स्थापना गरिएको छ। गण्डकी प्रदेशमै पहिलो पटक यस्तो केन्द्र बागलुङको कालिका कन्या माध्यमिक विद्यालयमा स्थापना गरिएको हो। बागलुङ नगरपालिका र बियोण्ड बेइजिङ कमिटी (BBC) नेपालको सहकार्य तथा समन्वयमा स्थापना गरिएको केन्द्रमार्फत किशोर–किशोरीलाई लक्षित सूचना, शिक्षा र परामर्श सेवा प्रवर्द्धन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीले जानकारी दिनुभयो। बागलुङ नगरपालिका–३ का वडाध्यक्ष सनी कुमार केसीले बालबालिकाको चेतना अभिवृद्धि र व्यवहार परिवर्तनमा सूचना केन्द्रले महत्वपूर्ण… पुरा पढौ

बागलुङका चार विद्यार्थीले एन्जल्स हार्टमा निःशुल्क पढ्ने अवसर

काठमाडौंस्थित एन्जल्स हार्ट स्कुलले बागलुङ जिल्लाका चार जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न अवसर दिने भएको छ। विद्यालयले छात्रहरूलाई बसोबास र भोजनसहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न वातावरण तयार गरेको जनाएको छ। छात्रवृत्तिका लागि परीक्षा लिइनेछ र उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई छनोट गरिने विद्यालयका उप–प्राचार्य दिल बुढाथोकीले जानकारी दिए। उनका अनुसार, यो अवसर यस वर्षको एसईई परीक्षा दिएका विद्यार्थीहरूका लागि हो। उप–प्राचार्य बुढाथोकीले भने, "एन्जल्स हार्ट स्कुलमा धौलागिरी क्षेत्रका धेरै लगानीकर्ता छन्। सामाजिक उत्तरदायित्वअन्तर्गत हामीले… पुरा पढौ

बागलुङमा शिक्षक संघको ३६औं स्थापना दिवस, उत्कृष्ट १४ विद्यार्थी नगदसहित सम्मानित

राजेशचन्द्र राजभण्डारीबागलुङ, वैशाख ३० नेपाल शिक्षक संघ, बागलुङले आफ्नो ३६औं स्थापना दिवसको अवसरमा जिल्लाभरिका सामुदायिक विद्यालयमा अध्ययनरत १४ जना कक्षा ८ का उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ। विद्यार्थी र अभिभावकमाझ सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने उद्देश्यसहित संघले बागलुङका ४ नगरपालिका र ६ गाउँपालिकाबाट स्थानीय तहमा उत्कृष्ट अंक प्राप्त गरेका १४ जना विद्यार्थीलाई नगद ५ हजार रुपैयाँ र सम्मान–पत्रसहित विद्यालयमै पुगेर सम्मान गरेको हो। बागलुङ नगरपालिकातर्फबाट श्री रूद्रेपिपल माध्यमिक विद्यालयकी कक्षा ८ की विपिशा परियारलाई उत्कृष्ट नतिजा ल्याएको भन्दै नगदसहित पुरस्कृत… पुरा पढौ

शालग्राम संरक्षण गर्न बागलुङ कुँडुले फेदीमाशालग्राम महोत्सव सुरु

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित शालग्राम संग्रालयमा श्री रंगवैकटेश् मुक्तिनारायण मन्दिरको ब्रम्होत्सवको अवसर पारेर शालग्राम महोत्सव शुरु भएको छ ।  मन्दिरको ३८ औँ ब्रम्होत्सवको अवसर पारेर बैशाख १७ गते देखि २१ गतेसम्म शालग्राम महोत्सवमा भानुभक्तकाेभानुभक्त रामायण बाचन गर्ने कार्यक्रम राखिएको मन्दिरका अध्यक्ष तथा शालग्राम संग्राहलयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले बताए । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले धर्म संस्कृतिको रक्षा र शालग्राम शिलाको संरक्षणका लागि सबै सरोकारवालाको ध्यान जानुपर्ने बताए । दिनहुँको कालिगण्डकी दोहनले शालग्राम शिला… पुरा पढौ

पत्रकार सविना कार्कीमाथि प्रहरीद्वारा आक्रमण, प्रेस सेन्टर नेपालको गम्भीर आपत्ति

काठमाडौं, वैशाख १४ — काठमाडौंमा आन्दोलनरत शिक्षकहरू र सुरक्षाकर्मीहरूबीच आइतबार भएको झडपका क्रममा प्राइम टाइम टेलिभिजनकी पत्रकार सविना कार्की गम्भीर घाइते भएकी छन्। स्थलगत रिपोर्टिङका क्रममा प्रहरीले प्रहार गरेको फोहर पानीले कार्कीका दुवै आँखामा गम्भीर चोट लागेको छ। यो घटनाप्रति प्रेस सेन्टर नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस सेन्टरले पत्रकारमाथिको आक्रमणलाई प्रेस स्वतन्त्रता र नागरिकको सूचनामा पहुँच अधिकारमाथि गम्भीर आघात भएको भन्दै घटनाको भर्त्सना गरेको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै प्रेस सेन्टर नेपालले… पुरा पढौ