शिक्षा

समाजवाद थोपर्ने होइन, जगैबाट उमार्ने र निर्माण गर्ने कुरा होः प्रचण्ड

काठमाडौं, ३० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद कसैले थोपरेर आउने विषय नभई यो तलैबाट उमारेर अघि बढाउनुपर्ने बताउनुभएको छ । सोमत घिमिरेद्वारा लिखित पुस्तक सामुदायिक समाजवादः विमोचन र विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘समाजवाद थोपेर आउने कुरा होइन, यो किताब पढेर पनि आउँदैन । समाजवाद अरु कुनै देशको नक्कल गरेर बन्ने कुरा पनि होइन र समाजवाद कुनै पार्टी विशेषले दस्तावेजमा लेखेर जनतालाई अर्ती उपदेश दिएर आउने पनि होइन’– अध्यक्ष प्रचण्डले भन्नुभयो–… पुरा पढौ

माओत्से गुरुङ अग्निदहन’मा धामीको चरित्रमा दर्शकमाझ

काठमाडौं । कलाकार माओत्से गुरुङ निर्देशन र अभिनयमा अब्बल छन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेका माओत्से फिल्म ‘दयारानी’का निर्देशकसमेत हुन् । यिनै माओत्से आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मा धामीको चरित्रमा दर्शकमाझ आउँदैछन् । माओत्सेसँग फिल्मलाई लिएर गरिएको कुराकानीः– धामीको चरित्र निभाउन कत्तिको गाह्रो वा सजिलो ? धामीको चरित्र निभाउन सजिलो चाहिँ पक्कै थिएन । एउटा यस्तो व्यक्ति बन्नु थियो, जसले व्यक्तिलाई होइन, समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो । यो चरित्रका लागि के कस्तो तयारी गर्नुभयो ? धेरै तयारी… पुरा पढौ

केयर चाइल्ड अर्फनेजमा लायन्स क्लब जुपिटरकाे सहयोग

काठमाडौं / हामी सेवा गर्छौं भन्ने उदेश्यका साथ गठन भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ काठमाडौं जुपिटरले नेपालीहरूकाे महान चाड बिजया दशमीकाे उपलक्ष्यमा भाेक लाई भाेजन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं बानेश्वर शान्तिनगरमा रहेको केयर चाइल्ड अर्फनेजमा खाध्य सामाग्री र कपडा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हाे ।१३ जना अनाथ टुहुराले आश्रय लिइरहेकाे ठाउँमा पुगेर सहयोग हस्तान्तरण गरेको लायन्स क्लब अफ काठमाडौ जुपिटरका चार्टर प्रिसिडेन्ट चुडामणिसुवेदीले बताए ।सहयोगी मनका धनी संघसंस्था र ब्यक्तिहरूकाे सहयोगमा चलिरहेको संस्थालाई सहयोग गर्न… पुरा पढौ

अब सहरी क्षेत्रको पूर्वाधार निर्माण गर्दा गम्भीर भएर सोच्नुपर्छः प्रचण्ड

भक्तपुर, १५ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिरो भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक… पुरा पढौ

१७ देखि २० लाखसम्म खर्च गरेर जापान र युरोप छिर्नेहरु प्रती समर्पित ।

संजालमा फेला परेको यो सन्देश समसामयिक भएको हुनाले जस्ताको तस्तै प्रकाशन गरिएको हाे ।अहिले बिदेश जान भाइबहिनी कसैलाई निराश बनाउन हैन नेपालीकाे यथार्थ कथा ब्यथा भएको हुनाले सन्देशकाे लागि मात्रै हाे यसलाई एकपटक अध्ययन गरेर मनन गर्दा राम्रो हुन्छ भन्ने हाम्रो ठम्याइ मात्रै हाे । बडो सानले काधमा देशको झन्डा हालेर सुर्केस गुड्काउदै त्रिभुवन विमानस्थलमा खिचिएका तस्वीर फेसबुकमा अपलोड हुन्छन् र त्यहा बडो खुसियालीका साथ लेखिन्छ "उच्च शिक्षा अध्ययन सफल रहोस शुभकामना बधाई" आदि इत्यादि । सर्बप्रथम यहाँ जोड्न खोजेको… पुरा पढौ

एस एक्सप्रेसन्स २०२४’को सव-इभेन्टहरु आजबाट सुरु

५ असाेज काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित एस इन्सिटच्युट अफ म्यानेजमेन्ट कलेजकाे आयाेजनामा हुन गइरहेकाे नेपालको सबैभन्दा ठूलो इन्टर कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’को सव-इभेन्टहरु आजबाट राजधानीमा सुरु भएको छ । २८ सेप्टेम्बरमा भृकुटीमण्डपमा आयोजना हुने यस इभेन्टका लागि आजबाट विभिन्न १० वटा विधामा सव-इभेन्टहरु सुरु भएको हो । इन्टरटेन्टमेन्ट फोकस कार्यक्रम हो जसमा इन्डोर, आउटडोर, ग्रुप प्लस इन्डिभिज्युअल गरेर फरक-फरक प्रतिस्पर्धा हुने कार्यक्रमका मिडिया काेडिनेटर आभास राजभण्डारीले बताए । यस इभेन्टका लागि देशभरका कलेजबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन्… पुरा पढौ

आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस, देशभर बिबिध कार्यक्रम गरी मनाईदै

२०८१ भदौ २९ गते शनिबार,काठमाडौं / अन्तर्राष्ट्रिय बाल अधिकार दिवस। नेपालमा पनि र्‍याली, अन्तरक्रिया तथा बाल अधिकारको चर्चा गरेर यो दिवस मनाइदैछ। २० नोभेम्बर १९८९ मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हुनाले हरेक बर्ष २० नोभेम्बरका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाईन्छ। बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो । बाल अधिकार… पुरा पढौ

सगरमाथामा डोरी प्रकरणमा निर्मल पुर्जालाई सफाइ,

२०८१ भदौ २५ काठमाडौं ।बिश्व कै सर्वोच्च शिखर सगरमाथामा गत हिमाल आरोहण सिजनका बेला डोरी काटिएको भनी बाहिर आएको भिडिओका सन्दर्भमा प्रख्यात हिमाल आरोही निर्मल पुर्जा अर्थात ’निम्सदाइ’ ले सफाइ पाएका छन् । उनले अज्ञात व्यक्तिले डोरी काटेको भन्ने जानकारी र कुराकानीको भिडिओको सामाजिक सञ्जालको सार्वजनिक गरेपछि सरकारले छानबिन गरेको थियो । पर्यटन विभागले आरोही पुर्जासँग लिएको बयान, उनको स्पष्टीकरण तथा अन्य प्रमाणका आधारमा उनले दिएको सूचनाको आशय सगरमाथाको प्रतिष्ठा र गौरवमा आँच पुर्‍याउने उद्देश्य तथा मनशाय नभएको भन्दै सामान्य… पुरा पढौ

तीज कार्यक्रममा १५ महिला उद्यमी सम्मानीत 

काठमाडौ ,भदौ २०  नेपाली हिन्दु महिलाहरूकाे महान चाड तीज पर्व खर्चिलो भत्किलाे बन्दै गइरहेको आवाज उठिरहेको बेला काठमाडौ चन्द्रागिरि नगरपालिका भित्र भने यसपालि तीज पर्व फरक ढंगले मनाएर समाजलाई सकारात्मक सन्देश दिएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले चन्द्रागिरि नगर कमिटी अखिल नेपाल महिला संघ चन्द्रागिरि नगर कमिटीकाे आयोजनामा नेपाली हिन्दु महिलाहरूकाे महान चाड तीज पर्वको अबसरमा तीज बिशेश कार्यक्रम गरि नगरपालिका भित्र रहेका १५ जना महिला उद्यमीहरूलाई एकै ठाउँमाउभ्याएर उनीहरूले गरेको उद्यमकाे प्रस्तुति करण गरिएकाे अखिल नेपाल महिला संघ… पुरा पढौ

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ । टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको हो ।   सार्वजनिक टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् ।गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडा टिजरमा समेटिएको छ । वुवाको मुख हेर्ने दिनको छेको पारेर सार्वजनिक टिजर सम्पूर्ण बुवाहरूप्रति समर्पित गरिएको छ । प्रकाश एसएलसीमा जिल्लाकै प्रथम भएको… पुरा पढौ