
बागलुङ ।असार ६
“बालमैत्री नगर” घोषणालाई प्रभावकारी कार्यान्वयन गर्दै यसको दिगोपन सुनिश्चित गर्ने उद्देश्यले माध्यमिक तहका विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा मालिका माध्यमिक विद्यालय, मालिका–बागलुङ प्रथम स्थानमा विजेता बनेको छ।
विधामन्दिर माध्यमिक विद्यालय दोस्रो स्थानमा तथा गणेश माध्यमिक विद्यालय तृतीय स्थानमा रहेका छन्।
कार्यक्रममा विद्यार्थीहरूले बालमैत्री नगरको अवधारणा, अधिकार, जिम्मेवारी तथा सामुदायिक सहभागिता जस्ता विषयमा प्रभावशाली अभिव्यक्ति दिएका थिए।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजक संस्थाले धन्यवाद ज्ञापन गरेको छ।















