शिक्षा

जोन चेयरपर्सन जनक बस्नेतको नेतृत्वमा पहिलो एड्भाइजरी बैठक सम्पन्न

काठमाडौं, साउन १४ लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत जोन चेयरपर्सन जनक बस्नेतको नेतृत्वमा डिस्ट्रिक्ट गभर्नर्स फर्स्ट एड्भाइजरी कमिटी मिटिङ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको सामाखुसीस्थित स्काई रेस्ट्रो एण्ड ब्याङ्क्वेटमा सम्पन्न बैठकमा जोन अन्तर्गत रहेका पाँचवटा क्लबका पदाधिकारी, पूर्व अध्यक्ष (पास्ट प्रेसिडेन्ट), निर्देशक तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकमा ४३ जनाको उपस्थिति रहेको जनाइएको छ। बैठकका प्रमुख अतिथि डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी गणेश जिसी, विशेष अतिथिहरू क्याबिनेट ट्रेजरर चूडामणि सिलवाल, डिस्ट्रिक्ट एक्जिक्युटिभ काउन्सिलर ज्ञानु म्याम, प्रो इन… पुरा पढौ

लायन्स क्लबकाे जोन मिटिङ सम्पन्न

काठमाडौं, साउन १४ लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गत जोन चेयरपर्सन मीना श्रेष्ठको नेतृत्वमा डिस्ट्रिक गभर्नरको प्रथम एड्भाइजरी कमिटी (जोन मिटिङ) सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको चाबहिलमा बिहीबार आयोजित उक्त बैठकमा जोन अन्तर्गतका सबै लायन्स क्लबका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकको सफल आयोजना, व्यवस्थापन तथा प्रभावकारी सञ्चालनका लागि जोन चेयरपर्सन मीना श्रेष्ठको नेतृत्वको व्यापक प्रशंसा गरिएको छ। डिस्ट्रिक ३२५ के नेपालका मिसन १.५ प्रमुख महाप्रसाद पाण्डेले श्रेष्ठले देखाएको सक्रियता, समर्पण, उत्कृष्ट समन्वय क्षमता र समय व्यवस्थापनका कारण बैठक… पुरा पढौ

जन्मदिनमा वृद्धाश्रममा भोजन सेवा, लायन्सकर्मीबाट प्रेरणादायी सामाजिक कार्य

काठमाडौं, साउन १३ । जन्मदिनलाई केवल व्यक्तिगत खुसीको अवसरका रूपमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उदाहरणीय कार्य गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका दुई लायन्सकर्मीले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजन सेवा प्रदान गरेका छन्। लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालका पूर्वअध्यक्ष तथा ग्लोबल कजेज चिफ लायन इन्द्र भट्ट र क्लबका डाइरेक्टर लायन कपिल बगालेले आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौंस्थित नवजीवन परोपकार समाज वृद्धाश्रममा आश्रित आमा–बुवाहरूलाई एक छाक भोजन गराएका हुन्। उहाँहरूले जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृद्धाश्रममा भोजन… पुरा पढौ

लागूऔषध दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरणबारे सैनिकलाई प्रशिक्षण

बागलुङ, साउन १२ – जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषध दुर्व्यसन तथा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। काठेखोला गाउँपालिका–५ घोडाबाँधेस्थित श्री कालीजंग गण, घोडाबाँधे ब्यारेकको सभाहलमा आयोजित कार्यक्रममा गणका प्रमुख प्रमुख सेनानी शिवबहादुर अधिकारीको अध्यक्षता रहेको थियो।कार्यक्रममा गणमा कार्यरत सेनानी, सह–सेनानी तथा विभिन्न दर्जाका सैनिक कर्मचारीका साथै सी.एस. १० सैन्य आधार तालिमका शिक्षार्थीहरूको सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक चिरञ्जिवी अधिकारीले लागूऔषध दुर्व्यसनका कारण, असर तथा यसबाट बच्ने उपायबारे जानकारी गराउनुभएको थियो।… पुरा पढौ

जोन २९ को पहिलो एड्भाइजरी बैठक सफलतापूर्वक सम्पन्न

काठमाडौं, साउन ११ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत जोन २९ का जोन चेयरपर्सन लायन सनतकुमार बस्नेतको नेतृत्वमा डिस्ट्रिक्ट गभर्नरको पहिलो एड्भाइजरी कमिटी (District Governor’s First Advisory Committee Meeting) बैठक सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको सामाखुसीस्थित स्काई रेष्ट्रो एण्ड ब्याङ्क्वेटमा सोमबार आयोजित बैठकमा जोन अन्तर्गत रहेका विभिन्न लायन्स क्लबका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन जोन चेयरपर्सन बस्नेतले उत्कृष्ट नेतृत्व, समन्वय र व्यवस्थापन क्षमता प्रदर्शन गरेको सहभागीहरूले बताएका छन्। बैठकको सफल आयोजनाका लागि जोन… पुरा पढौ

पहिलो एड्भाइजरी बैठक सम्पन्न, सेवा कार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता

बनेपा (काभ्रे), साउन ९ अन्तर्राष्ट्रिय सेवा संस्था लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपाल (एमडी ३२५) अन्तर्गत जोन २७ को डिस्ट्रिक्ट गभर्नर फर्स्ट एड्भाइजरी कमिटी बैठक शुक्रबार धनेश्वरस्थित ढिँडो दरबारमा सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर काभ्रे को आयोजनामा सम्पन्न बैठकमा रिजन चेयरपर्सन लायन रूपबहादुर रावल, जोन चेयरपर्सन लायन भेषराज अर्याल, रिजन मेन्टर लायन रामप्रसाद ढकाललगायत विभिन्न क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा डिस्ट्रिक्ट एक्जिक्युटिभ एड्भाइजर लायन महेन्द्रकुमार राठी, जीएसटी कोअर्डिनेटर डा. गोपाल प्रधान, डिस्ट्रिक्ट… पुरा पढौ

बागलुङ निर्णयघाटमा १०८ वटा तुलसी मठमा तुलसी राेपन

बागलुङ, साउन ९ नेपालमा धार्मिक र परम्परागत रूपमा हरेक बर्षआजको दिन भगवान् विष्णुको प्रतीकका रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ। तुलसीले घर वरपरको वातावरण स्वच्छ बनाउन सहयोग पुर्‍याउने विश्वास छ। धार्मिक मान्यताअनुसार तुलसीबिना भगवान् विष्णुको पूजा–आराधना पूर्ण मानिँदैन। तुलसी अत्यन्त उपयोगी वनस्पति हो। यसको पात, फूल तथा अन्य भागहरू औषधीय गुणले भरिपूर्ण मानिन्छन्। यहीँ तुलसी लाई जगेर्ना गर्न बागलुङ सदरमुकामकाे निर्णयघाटमा १०८ वटा तुलसी मठ तयार गरेर एकसाथ तुलसी राेप्ने काम गरियो । बागलुङको निर्णयघाटमा धार्मिक, सांस्कृतिक तथा वातावरणीय महत्त्व बोकेको… पुरा पढौ

लायन्स क्लबका पदाधिकारीबीच पहिलो सल्लाहकार समिति बैठक सम्पन्न

काठमाडौं, साउन ७ अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत जोनमा आबद्ध विभिन्न लायन्स क्लबका पदाधिकारीहरूको सहभागितामा डिष्ट्रिक्ट गभर्नरको प्रथम सल्लाहकार समिति बैठक सम्पन्न भएको छ। काठमाडौंको सामाखुसीमा आयोजित बैठकमा लायन्स क्लब अफ काठमाडौं मनामैजु, काठमाडौं रोजमेरी, काठमाडौं श्री मातृभूमि, काठमाडौं मनामैजु युथ तथा काठमाडौं सद्भावका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो। बैठकमा चालु लायन वर्ष २०२६–२७ का लागि तय गरिएका सामाजिक सेवा कार्यक्रम, सदस्यता विस्तार, नेतृत्व विकास, समुदायमुखी अभियान तथा क्लबहरूबीच समन्वय र सहकार्यका विषयमा… पुरा पढौ

सामाजिक सेवाको कदर : अर्जुन भुषाललाई ‘रोटरी हिरो अवार्ड’

चितवन सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका सामाजिक अभियन्ता अर्जुन भुषाल यस वर्षको ‘रोटरी हिरो अवार्ड’ बाट सम्मानित भएका छन्। रोटरी क्लब अफ नारायणगढको आठौँ पदस्थापना समारोहका अवसरमा भुषाललाई नगद १५ हजार रुपैयाँ सहित उक्त सम्मान प्रदान गरिएको हो। भुषालले लामो समयदेखि समाजसेवा, मानव सेवा तथा विशेषगरी बेपत्ता भएका व्यक्तिहरूको खोजी, उद्धार र परिवारसँग पुनर्मिलन गराउने अभियानमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। सामाजिक उत्तरदायित्वप्रतिको उनको समर्पण, अथक प्रयास र सेवाभावको उच्च मूल्यांकन गर्दै रोटरी क्लब अफ नारायणगढले उनलाई यस प्रतिष्ठित… पुरा पढौ

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको एड्भाइजरी काउन्सिल बैठक सम्पन्न

चितवन, साउन ३ लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ का लागि एड्भाइजरी काउन्सिल बैठक सम्पन्न गरेको छ। ‘Leading With Purpose’ भन्ने मूल नारासहित आयोजित बैठक आइतबार पर्यटकीय नगरी चितवनमा सम्पन्न भएको छ । बैठकमा डिष्ट्रिक्टका पूर्व तथा वर्तमान नेतृत्व, प्रमुख पदाधिकारी, क्लब अध्यक्ष तथा विभिन्न समितिका संयोजकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आगामी लायन वर्षका सेवा गतिविधि, सदस्यता विस्तार, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के… पुरा पढौ