शिक्षा

स्मार्ट कक्षा संचालन गर्न स्मार्ट बाेर्ड

बागलुङ /सुचना र संचारले छाेटाे समयमा ठूलो फड्को मारे संगै बिद्यालयमा भइरहेको पुरानो परम्परागत शिक्षाको ठाउँमा स्मार्ट बाेर्ड मार्फत अध्यापन गर्ने गराउने प्रतिस्पर्धा चलिरहेको समयमा हाइक भिजनले बागलुङ सदरमुकाममा एक कार्यक्रम आयोजनामा गरि यसबारे सराेकारवालाई जानकारी गराएको छ । बागलुङ सदरमुकाममा रहेको गुराँस शिक्षा सदनमा एक कार्यक्रम गरि स्मार्ट बोर्ड डिजिटल प्रविधि मार्फत कसरी बिद्यार्थी लाई अध्यापन गराउने भन्ने बारे यसको उपयोग कसरी गर्ने यसबाट के फाइदा छ भन्ने जानकारी गराएकाे हाइक भिजनका सेल्स मेनेजर माेहमद जुनाले बताए । स्मार्ट… पुरा पढौ

बागलुङ नगरपालिकाकाे २ वटा विद्यालयमा पढाई स्थगन, ३१ मा तह मिलान

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र सिकाई उपलब्धी बढाउन तह मिलान र अध्यापन स्थगन गर्ने कार्य सुरु गरेको छ । बागलुङ नगरका दुई विद्यालयमा पठनपाठन स्थगन गर्दै ३१ प्राथमिक र आधारतूत विद्यालयमा तह मिलानको काम अगाडि बढाएको छ ।बागलुङ नगरपालिकाकाले पत्रकार भेटघाट कार्यक्रम गरेर नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिएका हुन् । नगरपालिकाले विद्यार्थीको अति न्युन संख्या भएको कक्षा १ सम्म अध्यापन हुने बानपा–९ को सरस्वती सामुदायिक र रानीभूमे प्राविमा पठनपाठन स्थगन गरेको छ… पुरा पढौ

हाजिरी जवाफ प्रतियोगितामा नमुना आवासीय माध्यमिक विद्यालयका प्रथम

बागलुङ / साविक धौलागिरी अञ्चल स्तरीय व्यवस्थापन संकायमा आधारित हाजिरी जवाफ प्रतियोगितामा पर्वतको नमुना आवासीय माध्यमिक विद्यालयका विद्यार्थी प्रथम भएका छन् । धौलागिरी बहुमुखी क्याम्पसको बिबिए गुणस्तर समूहको आयोजनामा आयोजित हाजिरी जवाफ प्रतियोगितामा अन्य ८ विद्यालयललाई पछि पार्दै नमुना आवासीय माध्यमिक विद्यालयका विद्यार्थी प्रथम भएका हुन् । प्रतियोगितामा बागलुङको चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुल द्धितिय र न्यू ओएसिस एकेडेमीका विद्यार्थी तृतीय भएका छन् । प्रतियोगितामा विजेता, उपविजेताले क्रमशः नगद १५ हजार, १० हजार, र ५ हजार तथा ट्रफी र प्रमाण… पुरा पढौ

मालीका माध्यमिक बिद्यालयलाइ आवाशीय र अङ्ग्रेजी माध्यमकाे बिद्यालयकाे रूपमा रूपान्तरण हुने

बागलुङ ।बिद्यार्थी र अभिभावककाे ध्यान निजी बिद्यालयतर्फ केन्द्रीत भएपछि सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षा हुदैन भन्ने भ्रम परिरहेको बेला बागलुङको एक बिद्यालयले समय अनुकूल आफ्नो बिद्यालयमा गुणस्तरीय शिक्षा दिदै आवाशीय र अङ्ग्रेजी माध्यमकाे बिद्यालयकाे रूपमा अगाडि बढाउने प्रतिबद्धताका साथ नयाँ शैक्षिकसत्रमा नयाँ उत्साह साथ अगाडि बढेको छ । बागलुङ नगरपालिका वडा नं. ५ मा अवस्थित श्री मालिका माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१ देखि विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यक्रम ल्याएकाे हाे । बागलुङ नगरपालिकाका पूर्व वडा अध्यक्ष शिवप्रसाद सापकोटाको नेतृत्वमा विद्यालय… पुरा पढौ

बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

बागलुङ / श्री कृष्ण आधरभुत बिधालय बागलुङले शिक्षक सेवा आयोगले लिएको आन्तरिक बढुवा लिखित र अन्तरबार्ता दुबैमा सफल भएका शिक्षकलाई सम्मान गरेको छ । बागलुङ जिल्ला बाट प्राथमिक तह दृत्तिय श्रेणीमा बढुवाको लागि सिफारिस हुनुभएका शिक्षक घनश्याम रिजाललाइबिद्यालयमा एक कार्यक्रम गरि सम्मान गरेको हाे । बिधालयमा कार्यरत शिक्षक कर्मचारीले एक कार्यक्रमको आयोजना गरि बिधालयका प्रधानाध्यापक दयाराम सापकोटाले अबिर र खादाले सम्मान गर्नुभएको थियोे । कार्यक्रममा सम्माननित हुनभएका शिक्षक घनश्याम रिजालले यो सफलता आफ्नो मात्र नभएर सम्पुर्ण बिधालय परिवारको गाैरब भएको… पुरा पढौ

सामुदायिक बिद्यालयमा बिद्यार्थी भर्ना गराउन घर दैलाे अभियान

बागलुङ ।सामुदायिक बिद्यालयमा गुणस्तरीय पढाइ हुदैन भन्ने कुरालाई चिर्दै केही बर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बागलुङ नगरपालिकाकाे एक बिद्यालयले शैक्षिकसत्र २०८१ काे नयाँ भर्नाको लागि नयाँ उत्साह साथअगाडि बढेको छ । बागलुङ नगरपालिका वडा नम्बर ५ मा रहेको श्री कृष्ण आधारभुत बिधालयले सेवा क्षेत्रभित्रका सम्पुर्ण घर घरमा पुगेर घर दैलो कार्यक्रम संचालन कार्यक्रम शुरूवात गरेको छ । बिधालयमा कार्यरत शिक्षक कर्मचारी, बिधालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त पहलमा विद्यार्थी तथा सरोकारवालाको घर घरमा पुगेरआफ्नो छाेराछाेरी बिद्यालयमा भर्ना… पुरा पढौ

प्रभु बैंक बडिगाड शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बागलुङ /प्रभु बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । बैंकले शुक्रबार बडिगाड गाउँपालिकाको समन्वयमा बैंकको बडिगाड शाखाको आयोजना उक्त कार्यक्रम सम्पन्न गरिएको हो । बडिगाड गाउँपालिका भित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र उपभोक्ता समितिका पदाधिकारीहरुमा वित्तीय साक्षरताको ज्ञान सञ्चार गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा लक्षित समुहका करिब १२० जनाको सहभागी रहेको थियो । बडिगाड गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रभु बैंक बडिगाड शाखाका शाखा प्रमुख शिव केसीद्वारा डिजिटल बैंकिङका फाइदा एवं जोखिम,… पुरा पढौ

श्रीकृष्ण आधारभूत बिद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराइने

बागलुङ ।श्री कृष्ण आधारभुत बिधालयमा बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नयाँ शैक्षिक सत्रमा नयाँ बिद्यार्थी भर्ना अभियान,पाठ्यपुस्तक बितरण र शिक्षाको गुणस्तर कसरी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा नब निर्बाचित बिधालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरुको बिचमाअन्तरक्रिया कार्यक्रम गरिएको हाे । शैक्षिक गुणस्तर वृद्धि गर्न महत्त्वपूर्ण निर्णयहरु गर्दैकक्षा १ देखि ५ कक्षा सम्मलाई अङ्ग्रेजी माध्यममा संचालन गर्ने बालकक्षा देखि कक्षा ८ सम्मका सम्पुर्ण बिद्यार्थीहरुलाइ साप्ताहिक समयतालिका अनुसार नेपाल सरकार बाट प्राप्त हुने रकममा नपुग रकम बिधालयबाट… पुरा पढौ

एसईई परीक्षामा बागलुङबाट ४ हजार ३ सय ९९ विद्यार्थी सहभागी बन्दै

बागलुङ / बागलुङ जिल्लामा यस वर्ष हुने एसइई परीक्षामा ४ हजार ३ सय ९९ विद्यार्थीहरु सहभागी हुने भएका छन् ।बिहीबारदेखि सुरु हुने परीक्षामा जिल्लाका १ सय ४६ विद्यालय मध्य सामुदायिक तर्फकाका १ सय १३, संस्थागत ३२ र १ खुल्ला विद्यालयका गरि ४ हजार ३ सय ९९ विद्यार्थीहरु सहभागी हुने भएका हुन । बागलुङमा नियमित तर्फ ४ हजार ५५, प्राबिधिक तर्फ २ सय २९ र ग्रेड वृद्धि तर्फ १ सय २५ गरि ४ हजार ३ सय ९९ विद्यार्थी परीक्षामा सहभागि हुने… पुरा पढौ

दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौ / झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले सोमबार प्रक्रिया पुगेको भए बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएका हुन्। सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार आदेशको प्रति भने आइसकेको छैन। ‘दुर्गा प्रसाईंको मागबमोजिम रिट जारी भएको हो,’ उनले भने। प्रसाईंले बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धनबारे चिकित्सा शिक्षा आयोगविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। प्रसाईंले २०७७ असार र असोजमा सर्वोच्चमा रिट दिएका थिए । नेपालमा केही मेडिकल माफियाको कारण नेपालमा सहजरूपमा मेडिकल शिक्षा संचालन… पुरा पढौ