मानवसेवा आश्रमलाइ सहयोग गर्ने क्रम जारी

-


     हिडन खबर    
     कार्तिक २७ गते २०८२ मा प्रकाशित


बागलुङ । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) बागलुङ शाखाको भवन निर्माण तथा अक्षय श्रीवृद्धिको अभिष्टले आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ–२०८२ मा सहयोग गर्ने क्रम जारी छ ।

महायज्ञमा काठेखोला गाउँपालिका–२, भिमपोखरा स्थायी वतन भई हाल बागलुङ नगरपालिका–२, अस्पताल रोडमा बसोबास गर्दै आएकी गोमा खत्रि, उनका छोरा सोनाम खत्रि तथा छोरीहरू लक्ष्मी रोका क्षेत्री र सोविता खत्रिले आफ्ना पति तथा पिता स्वर्गीय गोविन्द खत्रिको सम्झनामा २१ हजार १ सय १ रुपैयाँ सहयोग प्रदान गरेका छन्।

छोरी लक्ष्मी रोका क्षेत्रीले आफ्ना बुवाको नाममा सहयोग गर्न पाउँदा खुशी लागेको बताइन्। श्रीमद्भागवत महायज्ञ कार्तिक २१ गतेदेखि २८ गतेसम्म संचालन हुनेछ ।