
“दानले धन घट्दैन, मनको महानता बढ्छ भन्ने महान नारासाथ मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) बागलुङ शाखाको भवन निर्माण र अक्षयको श्रीवृद्धिको अभिष्टले आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ-२०८२”काे पाचौं दिन सहयोग गर्ने क्रम जारी रहेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर -३, निवासी परोपकारी मनका धनि लालचन्द्र राजभण्डारी /शोभा राजभण्डारीद्वारा मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सम्पन्नताको निम्ति नगद (एकाउन्न हजार) स-प्रेम योगदान गर्नु भएको छ।
समाजसेवी राजभण्डारीले केही बर्ष अघि आश्रमको लागि
१ लाखकाे अक्षयकोष स्थापना गरि रकम प्रदान गर्नुभएको थियो ।
बागलुङ नगरपालिका वडा नम्बर ४ निर्णयघाटमा सुविधासम्पन्न मानवसेवा आश्रमकाे भवन सम्पन्न गर्नकाे यहीँ कार्तिक २१ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ संचालन गरिएको छ सप्ताह कार्तिक २८ गतेसम्म संचालन हुनेछ ।










