शिक्षा

सीबीएम कलेजद्वारा कक्षा ११ र १२ का लागि छात्रवृत्ति घोषणा

काठमाडौं । कलेज अफ बिजनेश म्यानेजमेन्ट (सीबीएम)ले छात्रवृत्ति योजना घोषणा गरेको छ । काठमाडौंको डिल्लीबजारस्थित कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कलेजले आगामी शैक्षिक सत्रका लागि दिने छात्रवृत्ति घोषणा गरेको हो। कलेजले आगामी शैक्षिक सत्रका लागि अधिकतम् ६०० जनालाई छात्रवृत्ति प्रदान गर्ने दाबी गरेको छ । कक्षा १० सम्म सरकारी विद्यालयबाट अध्ययनगरी कलेजमा अध्ययन गर्न आउने विभिन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने प्रिन्सिपल सीए सुमन न्यौपानेले जानकारी दिए । उनका अनुसार विभिन्न छ वटा आधारमा एक एक सय जना विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति… पुरा पढौ

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि

काठमाडौँ, ७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ । विश्व योग दिवस २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक… पुरा पढौ

याेग दिवसमा प्रधानमन्त्रीको शुभकामना सन्देश

काठमाडौं / ''आफू र समाजका लागि (Yoga for self and society)'' भन्ने आदर्श वाक्यका साथ यस वर्ष विश्व योग दिवस विश्‍वभर मनाइँदै छ। याेग दिवसको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । दिवसको अवसरमा शुभकामना प्रकाशित गरि नेपाल शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी पनि हो। प्राचीनकालमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित यस हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिहरूले दीर्घ तपः साधनाको माध्यमबाट योगअभ्यासको… पुरा पढौ

बागलुङमा प्राथमिक तह स्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न

बागलुङ /बालबालिकामा गरेको लगानी ल्याउछ सुन्दर विहानी भन्ने नारासाथ बालमैत्री नगर घाेषणाकाे कार्यनयनकाे लागि आयोजीत प्राथमिक तह स्तरीय हस्तलेखन प्रतियोगिता बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । बागलुङ नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने सन्दर्भमा बिद्यालय स्तरीय हस्तलेखन प्रतियोगिता आयोजना गरिएकाे कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ भित्रका सहभागी ९ वटा सामुदायिक र संस्थागत विद्यालयका बिद्यार्थीले हस्तलेखन प्रतियोगितामा सहभागी बनेका थिए । वडा बालमैत्री समिति तथा वडा बाल संजाल बागलुङ नगरपालिका ३ काे आयोजना बिद्यामन्दिर माध्यमिक बिद्यालयकाे समन्वयमा भएको प्रतियोगितामा प्रथम आदर्श विद्यामन्दिर… पुरा पढौ

बागलुङमा सप्ताह ब्यापी रूपमा लागूऔषध दुरुपयोग ओसारपसार बिरूद्व अन्तर्राष्ट्रिय दिवस मनाइदै

बागलुङ । बागलुङमा लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस जनचेतनामूलक कार्यक्रमसहित ७ दिनसम्म मनाइने भएको छ । हरेक वर्ष २६ जुनमा विविध कार्यक्रम सहित लागूऔषध दुरुपयोग ओसारपसार बिरूद्व अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । विविध जनचेतनामूलक नारा र कार्यक्रमका साथ असार ६ देखि १२ गतेसम्म दिवस मनाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यक्रम अन्तर्गत लागू पदार्थ दुर्व्यसनी बिबरूद्व लडौं रोकथाममा जोड दिऔं भन्ने नारासाथ जनचेतनामूलक नाराहरू तय गरिएका छन् । पहिलो दिन लागू औषध नियन्त्रण सम्बन्धमा सरोकारवाला निकाय संग… पुरा पढौ

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौं । सर्वोच्च अदालतकाे आदेशपछि चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो । १२ चैत २०८० मा न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो । गत १४ जेठमा सर्वोच्चले १५ दिनभित्र सम्बन्धन… पुरा पढौ

देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड

रामपुर (चितवन), ५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिनुभयो । “देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि विश्वविद्यालयबाट प्राप्त ज्ञान दुपयोग… पुरा पढौ

व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्ने

रामपुर(चितवन), ५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गर्नुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन अपिल गर्नुभयो । “राज्य, राजनीतिक दल र आम जनसमुदायबीच सहकार्य र एकता कायम हुँदा हामीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नै पर्दछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “तसर्थ, म सम्पूर्ण… पुरा पढौ

लागू औषध दुर्ब्यसनी र साइबर अपराध सम्बन्धि प्रशिक्षण

बागलुङ / टोल टोलमा नेपाल प्रहरी भन्ने नाराका साथ अगाडी बढेको जिल्ला प्रहरी कार्यलय बागलुङले श्रीकृष्ण आधारभूत बिद्यालयमा लागु आ‌ैषध दुर्वसनी तथा साइबर अपराध सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कंडेल, प्रहरी निरीक्षक प्रताब पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गा बहादुर आचार्य सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य देबि प्रसाद पाठक लगायतको टोलिले बागलुङ नगरपालिका ५ मालिकामा रहेको बिधालयमा अध्ययनरत बिद्यार्थी शिक्षकहरूलाई लागू औषध दुर्ब्यसनी तथा साइबर अपराध सम्बन्धि प्रशिक्षण दिएको थियो… पुरा पढौ

बागलुङमा आर्थिक ऐन २०८१ तथा कर शिक्षा सम्वन्धी अन्तरक्रिया सम्पन्न

बागलुङ / बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आर्थिक ऐन २०८१ तथा करका वर्तमान प्रावधानहरुको बारेमा अन्तरक्रिया तथा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङको समन्वयमा वर्तमान कर व्यवस्था तथा आर्थिक ऐन २०८१ मा भएका छुटसुविधाहरुको बारेमा जानकारी दिने उदेश्यले करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बागलुङमा प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर… पुरा पढौ