मधुमेह सचेतना कार्यक्रम सञ्चालन

-


     राजेशचन्द्र राजभण्डारी     
     असार २१ गते २०८३ मा प्रकाशित


बागलुङ, असार २१

अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ बागलुङ सिटी र लायन्स क्लब अफ बागलुङ युनियन को संयुक्त आयोजनामा मधुमेह (डायबिटिज) सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपालको साप्ताहिक कार्यक्रमअन्तर्गत आगामी २०२६ जुलाई ६ मा बागलुङस्थित कालिका मन्दिर परिसरमा कार्यक्रम आयोजना गरिएको हाे ।

डायबिटिज अवेयरनेस” शीर्षकमा सञ्चालन भएको  कार्यक्रममा मधुमेह रोगका कारण, लक्षण, रोकथामका उपाय, स्वस्थ जीवनशैली तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी प्रदान गराइकाे लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष सन्ध्या राजभण्डारीले बताए ।

पछिल्लो समय मधुमेहका बिरामीको संख्या बढ्दै गइरहेका अहिले भइरहेको मधुमेह राेग यो के कसरी शरिरमा फैलिन्छ भन्ने सचेतनामूलक कार्यक्रमले स्वास्थ्यप्रति जनसरोकार बढाउन सहयोग पुग्ने प्रदेश जनस्वास्थ्य कार्यालयका बागलुङका प्रमुख प्रविण शर्माले बताए ।

कार्यक्रममार्फत समुदायमा मधुमेहप्रति जनचेतना अभिवृद्धि गर्दै समयमै परीक्षण र उपचारका लागि नागरिकलाई प्रेरित गर्ने लक्ष्य राखिएको क्लबले जनाएको छ ।

पछिल्लो समय मधुमेहका बिरामीको संख्या बढ्दै गइरहेका बेला यस्ता सचेतनामूलक कार्यक्रमले स्वास्थ्यप्रति जनसरोकार बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

बिशेश गरेर कालीका भगवती मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी र अन्य सर्वसाधारण लाई लक्षित गरेर आयोजना गरेको “डायबिटिज अवेयरनेस”कार्यक्रममा ८१ जनाको सुगर चेकजाँच गर्नुका साथै ब्लड प्रेसर जाँच्नुका साथै यो राेगबारे जानकारी गराइएको थियो ।

आयोजक संस्थाहरूले कार्यक्रममा सहभागी भई स्वास्थ्यसम्बन्धी उपयोगी जानकारी लिएकाेमा  स्थानीयवासीलाई धन्यवाद ज्ञापन गरेको छ । लायन्स क्लबहरूले सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन्।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष सन्ध्या राजभण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के का एक्जुकेटिभ डाइरेक्टर दुर्गा कुँवरले मन्तब्य राखेका थिए ।कार्यक्रम संचालन लायन नारायण आचार्यले गरेका थिए ।